२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप पौडेलको दाबी : ‘तपाईंजत्तिको विकल्प अरू छैनन् भन्ने प्रतिक्रिया मिलेको छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्। बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले सांसदका रूपमा निर्वाह गरेको भूमिकाका आधारमा मतदाताले विश्वास व्यक्त गरिरहेको उल्लेख गरे।

महामन्त्री पौडेलका अनुसार मतदाताहरूले आफ्नो कामप्रति सकारात्मक धारणा राख्दै विकल्पको रूपमा अन्य नाम नदेखिएको प्रतिक्रिया दिएको बताएका छन्। उनले आफ्नो कार्यकालमा विष्णुमती करिडोरको योजना तयार गरी सडक निर्माणलाई निरन्तरता दिएको प्रसंग उल्लेख गरे।

काठमाडौँ-५ बाट काँग्रेसको तर्फबाट उम्मेदवार रहेका पौडेलले संसदीय अवधिमा विभिन्न विकासात्मक पहल गरिए पनि ती कार्यहरूको पर्याप्त जानकारी जनतासम्म पुग्न नसकेको स्वीकार गरे। त्यसैले भएका कामबारे मतदातालाई स्पष्ट रूपमा अवगत गराउनु आवश्यक रहेको उनको धारणा थियो।

उनका अनुसार रिङ रोडभित्र मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित पाइप चुहावटका कारण देखिएको अव्यवस्था आफ्नै पहलमा समाधान गरिएको थियो, जसका कारण सडकको क्षति र असुविधा उल्लेख्य रूपमा घटेको छ। साथै मेलम्ची आयोजनाअन्तर्गतको खानेपानी रिङ रोड बाहिरका क्षेत्रमा समेत विस्तार गर्ने प्रक्रिया अघि बढाइएको र हाल बुढानीलकण्ठ तथा टोखा नगरपालिकाका विभिन्न स्थानमा धारा जडान भई पानी वितरण भइरहेको जानकारी पनि उनले दिए।