२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा प्रादेशिक अस्पताल सिरहाका तत्कालीन तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट उठेको सेवा शुल्क बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ। अनुसन्धानका क्रममा सफ्टवेयर प्रणालीमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचरको विवरण तुलना गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा बराबरको फरक देखिएको आयोगले जनाएको छ।

यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र र डा. सरोजले आफ्नो जिम्मेवारीअनुसार निगरानी र नियन्त्रण नगरी अनियमिततामा संलग्नता देखाएको आयोगको निष्कर्ष छ। साथै सरकारी रकम बदनियतपूर्वक अपचलन गरिएको ठहर गरिएको छ।

आरोप पत्रमा तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोककुमार यादव तथा बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्यामकुमार मण्डल, रोशनकुमार यादव, सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल र पूजा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले आपसी मिलेमतोमा सफ्टवेयर अभिलेखमा देखिने वास्तविक आम्दानी लुकाई कम रकम बैंकमा दाखिला गरेको अभियोग लगाइएको छ।

त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि उनले संलग्न भएको भनिएको हिनामिना रकम असुल उपर गर्न कानुनबमोजिम उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई समेत प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ। सबै प्रतिवादीहरूमाथि बिगो बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको मागदाबी गरिएको छ।