२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न काठमाडौँ महानगरको निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ ।

आज कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन गर्दै त्यस्तो निर्देशन दिएकी हुन् । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सूक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिएकी हुन् । 

रेक्टोफिट भइरहेको बागदरवारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित रु. ७४ करोड ४७ लाख ३९ हजार ४४३  थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग रु. ४२ करोड ९० लाख १४ हजार ३१० मा सम्झौता भयो । बोलपत्रदातालाई मङ्सिर १५ गते कार्यादेश दिइएको हो । निर्माण कार्य २०८४ मङ्सिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले पाँच प्रतिशत भौतिक प्रगति भएको छ । 

त्यस्तै, कमलपोखरीको अनुगमनमा क्रममा उनले, सूचना प्रविधि विभागलाई सिसिटिभी क्यामेरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनालाई बिरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिँदै, पोखरी वरिपरि भएका निकाय तथा संघसंस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरीको स्वच्छता, सरसफाइ र सुन्दरता बनाउने योजना निर्माण गर्न सकिने बताइन् ।

कमलपोखरी पुन:निर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम रु तीन करोड ५८ लाख ८७ हजार ५२ हो । यसको लागत अनुमान रु चार करोड छ लाख ८१ हजार ८० गरिएको थियो । यो रकम भ्याट र पिएससहितको हो । काम २०८१ असोज १९ गतेबाट सुरु भएको हो । गएको मङ्सिर १५ गते कार्य सम्पन्न हुनुपर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत भएको बताइएको छ ।

दोस्रो चरणको कामअन्तर्गत साबिकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर ‘ट्याक्टिकल अर्वनिजम’ अन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदलयात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, बिरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ ।

कमल पोखरीको वरिपरि पैदल मार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपांगतामैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।