२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना

अ+ अ-

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् । 

निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा संलग्न  उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहोर्‍याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताए।

 निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको, निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी परेका थिए ।

यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गरेको, सवारीसाधनमा झण्डा प्रयोग गरिएकोलगायत घटना दर्ता भएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका अनुगमन अधिकृत खत्रीले कतिपय स्थानमा उम्मेदवारले स्वयं निर्वाचन आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको उल्लेख गर्दै यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताए।

अनुगमन अधिकृत खत्रीले पछिल्ला केही दिनयता आचारसंहिता उल्लंघनका घटनामा कमी आउन थालेको जानकारी दिँदै कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको बताए । केही उम्मेदवारसँग मौखिक स्पष्टीकरणसमेत सोधिएको र तत्काल त्यस्ता कार्य नदोहोर्‍याउन निर्देशन दिइएको उनले बताए।