२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा शंकास्पद वस्तु विस्फोट हुँदा ४ बालक घाइते

अ+ अ-

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्।

वनभोज खान गएका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राख्दा विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटबाट स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका हुन्।

विस्फोटका छर्रा लागेर साहस र प्रशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन् । 

उनका अनुसार घाइते चारै जनालाई प्रारम्भिक उपचारका लागि मधेश प्रदेश प्रहरी अस्पताल रुपनी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज रेफर गरिएको छ । 

‘बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने वस्तुलाई खेलौना ठानेर राखेका रहेछन्, सोही वस्तु विस्फोट भएको प्रारम्भिक बुझाइ छ,’ उनले भने, ‘घटनामा प्रयोग भएको शंकास्पद वस्तु र विस्फोटको कारणबारे थप अनुसन्धान भइरहेको छ।’

घाइते बालकहरूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।