२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीको छुमरुङका मतदानस्थल सडक पहुँचविहीन

अ+ अ-

गण्डकी । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको झिनुदेखि करिब दुई घण्टा हिँड्नुपर्ने उनले बताए ।

सडक पहुँच पुग्न नसकेको छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा ७८५ मतदाता छन् । उक्त मतदानस्थलमा मतदान गर्न जाने मतदाताहरू यस आसपासका क्षेत्र घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा, सिनुवाबाट दुई घण्टा पैदल हिँडेर पुग्ने गरेको स्थानीवासी एवं छुमरुङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । उनका अनुसार यस क्षेत्रका अशक्त मतदाताले घोडाको प्रयोग गरेर मतदानस्थल पुग्ने गरेका छन् ।

जिल्लामा कुल मतदानस्थलमध्ये १३६ वटा विद्यालयमा छन् भने १४ वटा वडा कार्यालय र तीनवटा सामुदायिक भवनमा रहेका छन् । मतदानस्थलको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थालगायत विषयमा स्थलगत अनुगमन पनि भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।

बीचमा माछापुच्छ«े रुपा गाउँपालिकाका मतदानस्थलको अनुगमन भइसकेको र अन्नपूर्ण तथा पोखरा महानगरका केही मतदानस्थलको अनुगमन हुने क्रममा रहेको उनले बताए ।