२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपालका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने दाबी गरेका छन् । 

रुकुम पूर्वमा बुधबार एक चुनावी कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ देशका जुनसुकै ठाउँबाट लडे पनि चुनाव जित्ने एक मात्र नेता आफू नै भएको बताएका हुन् ।

‘एक थान सांसद म जहाँबाट पनि जित्छु,’ ‘प्रचण्ड’ले भने, ‘म मात्रै एउटा नेता हो नेपालमा जो जहाँ गएर पनि चुनाव जित्छ । अरू कसैको ताकत देखिएको छैन ।’

‘प्रचण्ड’ यसपटक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी गोरखा-२ बाट चुनाव लडेर जितेका थिए । यसपटक त्यहाँ चुनाव लडेर जित्ने सम्भावना नदेखिएपछि छाडेर सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेको टिप्पणी हुन्छ ।

पहिलो संविधान सभा निर्वाचन २०६४ मा ‘प्रचण्ड’ रोल्पा र काठमाडौँ-१० बाट चुनाव लडेर जितेका थिए । २०७० को संविधान सभा निर्वाचनमा भने उनी रोल्पा छाडेर काठमाडौँ १० र सिरहा-५ बाट निर्वाचन लडेका थिए । त्यो बेला काठमाडौँ १० मा पराजित हुँदा सिरहाबाट जितेका थिए ।

यस्तै २०७४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ बाट लडेर चुनाव जितेका थिए ।