काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सबैलाई साथमा लिएर मूलकलाई सुशासन र समृद्धितर्फ अघि बढाउने बताएका छन्।
बिहीबार काठमाडौँमा ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ कार्यक्रममा सभापति थापाले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र बनाउने संकल्प रहेको बताएका हुन्।
उनले नागरिकले समयमा नै सार्वजनिक सेवा पाउनुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्नेमा जोड दिए। सभापति थापाले निर्वाचनपछि चैत्रमा काँग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसपछि आगामी पाँच बर्षको कार्ययोजना सहितका प्रतिज्ञा पत्र सार्वजनिक गर्ने उल्लेख गरेकी छन्।
बदलिएर आएको नेपाली काँग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएको उल्लेख गर्दै सभापति थापाले कसैसँग गठबन्धनको सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
उनले सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुन नदिने बताएका छन्।







