२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विवरण विवादमा बालेनविरुद्ध गृह मन्त्रालयमा निवेदन दर्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साह(बालेन) विरुद्ध नागरिकता विवरणसम्बन्धी विषयमा छानबिन र कारबाहीको माग गर्दै गृह मन्त्रालयमा निवेदन दर्ता भएको छ।

युवराज सफलले शुक्रबार मन्त्रालयमा दर्ता गराएको निवेदनमा साहले नागरिकतामा उल्लेखित थर परिवर्तन गरी प्रतिलिपि लिएको दाबी गर्दै नेपाल नागरिकता ऐन, २०६३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही गर्न माग गरिएको छ। मन्त्रालयमा उजुरी दर्ता भइसकेको जनाइएको छ।

निवेदनमा उल्लेख भएअनुसार बालेन्द्र साहले मिति २०६३ पौष ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट ५१९२ नम्बरको वंशजको नागरिकता लिँदा ‘साह’ थर उल्लेख भएको तर मिति २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिँदा ‘शाह’ थर उल्लेख गरेको दाबी गरिएको छ। यसलाई झुटो विवरण पेश गरी नागरिकताको प्रतिलिपि लिएको विषयका रूपमा उल्लेख गर्दै छानबिनको माग गरिएको छ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा (१७) मा थर परिवर्तन सम्बन्धी कानुनी व्यवस्था रहेको उल्लेख गर्दै निवेदकले थर परिवर्तन गर्न आवश्यक प्रक्रिया पूरा गरिएको वा नगरिएको विषयमा अनुसन्धान हुनुपर्ने बताएका छन्। कानुनी प्रक्रिया अवलम्बन नगरी थर परिवर्तन गरिएको भए सो ऐनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको छ।

साथै, २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेश गरिएका सक्कल कागजात तथा फाइलसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने निवेदनमा उल्लेख छ।

उजुरीमा बालेन्द्र साहको नागरिकता रद्द गर्न, आवश्यक कानुनी कारबाही अघि बढाउन तथा ऐनबमोजिम सजायको प्रक्रिया सुरु गर्न माग गरिएको छ। निवेदनमा तत्काल पक्राउ, नागरिकता रद्द तथा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवानासमेतको माग गरिएको उल्लेख छ।