काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा थप प्रहरी पठाएको छ।
आइतबार महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीलाई बिदाइ गरिएको हो। ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो लटमा विभिन्न जिल्लामा खटाइएको छ।
उनीहरू मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहट लगायत जिल्लामा जाँदैछन्।
यसअघि निर्वाचन प्रहरी पनि देशभरि खटिन थालिसकेका छन्। नेपाली सेना र सशस्त्र प्रहरी बल पनि परिचालन भएका छन्।







