काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन् ।
अभियुक्तहरूबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने लागू औषधसहित उनीहरू पक्राउ परेका हुन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरूबाट प्रतिबन्धित पदार्थ बरामद भएका हुन् ।







