काठमाडौँ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।
नैकापमा सिप्रदी ट्रेडिङ कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरु भएपछि काठमाडौँमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमाथि आगजनी भएको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको बताएका छन् ।







