२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहितासँग सम्बन्धित १६ सय बढी उजुरी निर्वाचन आयोगमा

अ+ अ-

काठमाडौँ । निर्वाचन आचारसंहितासँग सम्बन्धित १ हजार ६ सय बढी उजुरी निर्वाचन आयोग र यससँग सम्बन्धित कार्यालयमा पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार केन्द्रमा ६१२ वटा उजुरी परेका छन् भने ९६ वटा स्पष्टीकरण सोधिएको छ । केहीलाई कारबाही समेत भएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष एक हजार ७६ वटा बढी उजुरी परेका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष परेका त्यसमध्ये ९९ प्रतिशत उजुरी फर्छ्यौट भएका छन् ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ वटा उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९ प्रतिशत लिखित र ९१ प्रतिशत टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका हुन् ।

प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै सामाजिक सञ्जालको दुरुपयोग गरेको, तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको, शिक्षक तथा कर्मचारीहरू र स्थानीय जनप्रतिनिधिहरू प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका रहेका छन् ।

सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । यो समयमा चुनावी प्रचारप्रसारका गतिविधि गर्न पाइँदैन । निर्वाचन आयोग आफैँले पनि कतै कानुन विपरितका कार्य भएका छन् कि भनेर अनुगमन गरिरहेको छ भने नागरिकले समेत त्यस्तो सूचना भए उजुरी दिन सकिने आयोगले जनाएको छ ।