२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौन अवधिमा सामाजिक सञ्जालबाट फैलाइएका भ्रामक समाचारप्रति गगन थापाले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत प्रसारित हुँदै आएका अपुष्ट तथा भ्रामक सामग्रीप्रति गगन थापा ले सार्वजनिक आपत्ति जनाएका छन्।

नेपाली काँग्रेस का सभापति थापाले आफू तथा पार्टीका उम्मेदवारलाई लक्षित गरी योजनाबद्ध रूपमा असत्य विवरण, भ्रम सिर्जना गर्ने सूचना र सम्पादन गरिएको भिडियो सामग्री सार्वजनिक भइरहेको उल्लेख गरेका छन्। उनले यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लंघन मात्र नभई लोकतान्त्रिक मान्यता र प्रतिस्पर्धात्मक अभ्यासमाथि प्रतिकूल प्रभाव पार्ने कार्य भएको बताएका छन्।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार आचरण अपनाउन आग्रह गर्दै शंकास्पद वा गलत देखिएका सामग्री सम्बन्धित डिजिटल माध्यममै उजुरी (रिपोर्ट) गर्न आह्वान गरेका छन्। विशेषत:फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्ममा प्रसारित अपुष्ट तथा अतिरञ्जित सामग्रीप्रति सचेत रहन उनले आग्रह गरेका हुन्।

कुनै पनि सामग्री साझा गर्नु अघि तथ्य परीक्षण गर्न र भावनात्मक रूपमा उक्साउने वा अत्यधिक उत्तेजक प्रस्तुति भएका सामग्रीप्रति सावधानी अपनाउन उनले सुझाव दिएका छन्। यस्ता सामग्रीले मतदातालाई भ्रमित पार्ने उद्देश्य राख्न सक्ने उनको भनाइ छ।

निर्वाचनजस्तो संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर पार्ने उल्लेख गर्दै थापाले सत्यतथ्य, विवेकपूर्ण मूल्यांकन र नागरिक सचेतनाबाट मात्र यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने धारणा व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन जिम्मेवार डिजिटल सहभागिता आवश्यक रहेको उनले पुनः दोहोर्‍याएका छन्।