२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

अ+ अ-

काठमाडौँ । यस पटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । 

कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र समन्वयमा सुरक्षा व्यवस्था सुदृढ तुल्याइएको उक्त प्रदेशका सुरक्षा अंगका प्रमुखहरूले बताएका छन् । उनीहरूले समयमै मतदानस्थलमा पुगेर निर्धक्क मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । 

नेपाली सेनाका पूर्वी पृतनापति एवं उपरथी गौरवकुमार केसीले रासससँगको कुराकानीमा सेना अन्य सुरक्षा निकायसँगको समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापनमा खटिएको बताए। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए। 

सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन पूर्वी पृतना कटिबद्ध रहेको उपरथी केसीले जानकारी दिए ।

प्रदेशका १४ वटै जिल्लामा अस्थाई बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती सञ्चालन, बम डिस्पोजल टोली परिचालन तथा तैनाथी, संवेदनशील स्थानमा विशेष फौजको तैनाथी र सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन हवाई गस्ती तथा ड्रोनमार्फत निगरानी बढाइएको सेनाले जनाएको छ । 

सशस्त्र प्रहरी बलसँगको सहकार्यमा निर्वाचनको मौन अवधिमा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पैदल तथा मोबाइल गस्ती बढाइएको छ । आकस्मिक उद्धार तथा सम्भावित संवेदनशील अवस्थामा खटिन हेलिकप्टर तथा हवाइजहाजलाई इटहरी र विराटनगरमा तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ । 

कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकाय खटिएको बताए। “सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त र सुदृढ छ । मतदानमा भाग लिन मतदाताले कुनै डरत्रास मान्नुपर्दैन”, उनले भने, “सुरक्षामा कुनै कमजोरी हुँदैन । निर्धक्क भई मतदान गर्नुस् ।” 

सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुरक्षामा कुनै सम्झौता नगर्ने गरी गस्ती भइरहेको जानकारी दिए। उनले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको र भयरहित वातावरणमा मतदानको सुरक्षा सुनिश्चिता गरिसकेको स्पष्ट पारे । 

सशस्त्र प्रहरी बलले सो प्रदेशमा सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरिएको जनाएको छ । सुरक्षा व्यवस्थापनका लागि ‘हेडक्वार्टर’ र कोशी प्रदेशस्तरीय सुरक्षा समितिबाट प्रहरी टोली परिचालन गरिएको छ ।