काठमाडौँ । गुल्मी जिल्लामा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म ७० हजार ४६० मत खसेको छ । कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेको जिल्लामा यो ३०.६९ प्रतिशत मतदान हो ।
जिल्लाभर १४५ मतदान स्थलका २८४ मतदान केन्द्र मार्फत मतदान भइरहेको छ । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने जनाइएको छ ।







