काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३ बजेसम्म देशभर कुल ७६ लाख मत खसेको तथ्यांक उपलब्ध भएको छ।
मतदान बिहान ७ बजेदेखि सुरु भएको थियो र अहिलेसम्म देशका १६५ निर्वाचन क्षेत्रमा निरन्तर जारी रहेको प्रशासनले जनाएको छ।
हाल देशभरका १० हजार ९६७ मतदान केन्द्रमा छिटपुट समस्या बाहेक मतदान सामान्य रूपमा भइरहेको छ। अहिलेसम्म कुल मतदाताको करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेको विवरण प्रशासनिक स्रोतले सार्वजनिक गरेको छ।







