२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीको पार्टीलाई अग्रता

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा हर्क साम्पाङको श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। पाँचथर, इलाम २, धनकुटा, भोजपुर, खोटाङ र उदयपुर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले अग्रता लिएका हुन्। 

पाँचथरको सुरुआती मतगणनामा श्रम संस्कृतिका हस्तराज शेर्माले अग्रता लिइरहेका छन्। उनले ६५६ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका नरेन्द्रकुमार केरुङले ४६२ मतका साथ पछ्याइरहेका छन्। नेकपा एमालेका अइन्द्र सुन्दर नेम्वाङले ३६४ मत ल्याएका छन्। 

इलाम २ मा सुदीप राईले अग्रता लिएका छन्। उनले १ हजार ५०४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सुहाङ नेम्बाङले उनलाई पछ्याइरहेका छन्। नेम्वाङले १ हजार ३६० मत ल्याएका छन्। नेपाली काँग्रेसका भेषराज आचार्यले ७३३ मत प्राप्त गरेका छन्। 

धनकुटामा सानबहादुर राईले ३ हजार २३७ मत सहित अग्रता लिएका छन्। नेकपा एमालेका राजेन्द्रकुमार राईले २ हजार ३९९ मतका साथ पछ्याइरहेका छन्। नेपाली काँग्रेसका दिनेश राईले १ हजार ८२५ मत प्राप्त गरेका छन्। 

भोजपुरमा ध्रुवराज राईले ८४७ मतका साथ अग्रता लिएका छन्। एमालेका शेरधन राई ७६१ मतका साथ पछ्याइरहेका छन्। 

खोटाङमा आरेन राईले ३९५ मतका साथ अग्रता लिएका छन्। नेपाली काँग्रेसका वीरकाजी राईले ३२६ मतका साथ पछ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ११९ मत प्राप्त गरेका छन्। 

उदयपुर २ मा वलराज राईले ८७२ मतका साथ अग्रता लिएका छन्। नेकपा एमालेका अम्बर बहादुर रायमाझीले ५ सय २२ मतका साथ पछ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका सुरेश कुमार राईले ४ सय ५७ मत प्राप्त गरेका छन्। 

पार्टी अध्यक्ष हर्क सामपाङ भने मतगणनामा पछि परेका छन्। रास्वपाकी गोमा तामाङ १ हजार १५ मतका साथ अग्रता लिइरहेकी छन्। सामपाङले ३०३ मत प्राप्त गरेका छन्।