२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले उल्लेख्य मतान्तरसहित विजयी भएका छन्। औपचारिक घोषणा भने सम्बन्धित निर्वाचन अधिकृतबाट हुन बाँकी रहेको छ।

मतगणनाको अन्तिम परिणामअनुसार वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराई ले १६ हजार २३१ मत पाएका छन्। यस आधारमा वाग्ले र भट्टराईबीचको मतान्तर २१ हजार ८०९ पुगेको छ।

यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपाने ले ५ हजार ८३० मत प्राप्त गरेकी छन्।

यस परिणामसँगै वाग्लेले दोस्रोपटक प्रतिनिधिसभामा पुग्ने सुनिश्चितता प्राप्त गरेका छन्। यसअघि २०८० सालमा सम्पन्न उपनिर्वाचनमा पनि उनले यही क्षेत्रबाट विजय हासिल गरेका थिए। त्यसबेला उनले ३४ हजार ९१९ मत पाउँदै १४ हजार ७९७ को मतान्तरले जित हासिल गरेका थिए।

उक्त उपनिर्वाचनमा नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका सर्वेन्द्र खनाल ले ८ हजार ४८८ मत पाएका थिए। त्यस समय कुल ६३ हजार ७५७ मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।