२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

अ+ अ-

काभ्रेपलाञ्चोक । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो ।

जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यद्यपि जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो ।

कूल एक लाख ६१ हजार एक सय मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा चार हजार ९७७ मत बदर भयो । यस क्षेत्रका सात उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन् । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत पाए ।

समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत प्राप्त गरेका थिए ।

यस क्षेत्रका समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसङ्ख्यक उम्मेदवार हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७ मत, मङ्गल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा रास्वपाका मधुकुमार चौलागाईंले २९ हजार ६९८ मत प्राप्त गरेर विजयी भएका छन् । काँग्रेसका गुणराज मोत्तानले १९ हजार १६६, नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ र एमालेका अमी तामाङले १३ हजार ८१४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले सात हजार ४०३ मत प्राप्त गरे पनि जमानत भने जोगाउन सकेनन् ।

यसैगरी कूल एक लाख ६५ हजार ५११ मतदाता रहेको क्षेत्र नं २ मा एक लाख चार हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा पाँच हजार ६२ मत बदर भएको थियो । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार यस क्षेत्रमा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत हुने भएको छ ।

यस क्षेत्रका विजयी उम्मेदवार रास्वपाका बदन भण्डारी, नेपाली काँग्रेसका मधुप्रसाद आचार्य र एमालेका अशोक व्याञ्जूबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईले आठ हजार १०७ मत प्राप्त गर्दा जमानत भने जोगाउन सकेनन् । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैंजुले तीन हजार ७४९ तथा राप्रपाका रञ्जीव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्दा जमानत जोगिएन ।

यसैबीच जिल्लास्थित मुख्य निर्वाचन कार्यालयको मत परिणामअनुसार अधिकांश उम्मेदवारले ५० मतसमेत कटाउन नसकेका हुन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने स्वतन्त्र उम्मेदवारमा केशवराज तिमिल्सिनाले ४, लेनिन विष्टले ८, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, डिल्ली न्यौपानेले ३१, आशा तामाङले ५९ तथा मितेरी पार्टी नेपालका उम्मेदवार हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मङ्गोल नेशनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयक्तका राजन थापाले ३२, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत प्राप्त गरेका हुन् ।

यस क्षेत्रको निर्वाचनमा रास्वपाका भण्डारीले ५३ हजार ३४४ मत ल्याई फराकिलो अन्तरले विजयी भने काँग्रेसका आचार्यले १७ हजार ८६८ र नेकपा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० प्राप्त गरेका थिए ।