काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका कारण रोकिएको बजार अनुगमन कार्य पुनः सञ्चालनमा आएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा कानुनको पालन सुनिश्चित गर्न एकै पटक १७ वटा व्यवसायमा अनुगमन गरेको जनाएको छ।
अनुगमनको क्रममा केही अव्यवस्थाहरू भेटिएपछि सुजल ट्रेडर्सलाई सम्बन्धित कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ। अन्य १६ व्यवसायलाई भने सुधारात्मक कदम अपनाउन सुझाव दिइएको छ।
विभागले यसअघि पनि स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।







