काठमाडौँ । केही समयअघि अवरुद्ध भएर स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक आगामी चैत ५ गते बस्ने तय गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार आगामी बैठक चैत ५ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।
माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गत सातौँ अधिवेशनको चौथो बैठक विपक्षी दलको अवरोधका कारण प्रभावित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।
सचिवालयले शुक्रबार सूचना जारी गर्दै स्थगित रहेको बैठक अब पुनः निर्धारित मितिमा सञ्चालन हुने जानकारी दिएको छ।







