२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी सुधारका विषयमा काँग्रेसले कार्यकर्ता र शुभेच्छुकसँग माग्यो सुझाव

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले पार्टीभित्र आवश्यक सुधारका विषयमा कार्यकर्ता तथा समर्थकसँग सुझाव संकलन गर्न आह्वान गरेको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै नीतिगत, संरचनागत र व्यवहारिक पक्षमा सुधारका सम्भावित उपायबारे राय दिन आग्रह गरेका हुन्।

उनले हालै सम्पन्न २०८२ सालको आम निर्वाचनको परिणाम सार्वजनिक भइसकेको र गत पुसमा सम्पन्न विशेष महाधिवेशनले तय गरेका कार्यदिशालाई ध्यानमा राख्दै निकट भविष्यमा पार्टीको नियमित महाधिवेशन आयोजना गर्ने तयारी रहेको उल्लेख गरेका छन्। यसै सन्दर्भमा पार्टीको भावी दिशा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेकाले सुधारसम्बन्धी सुझाव संकलन गर्न पहल गरिएको उनको भनाइ छ।

महामन्त्री पौडेलले प्राप्त सुझावहरूलाई पार्टीले आवश्यक रूपमा समेट्ने प्रतिबद्धता पनि जनाएका छन्। नेपाली काँग्रेसले निर्वाचनपछिको समग्र अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने प्रक्रियामा रहेको बताइएको छ।