२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

अ+ अ-

काठमाडौँ । छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने काठमाडौँ महानगरपालिका–२४ वटु घर भएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए। उनले भने, “केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ नागार्जुन नगरपालिका–५ सीतापाइलाबाट पक्राउ गरेको हो ।”

पक्राउ परेका श्रेष्ठ समेतले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता एवं  संस्थाको हित विपरीत हुने कार्य गरी बैंकिङ कसुरमा संलग्न रहेको हुँदा सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुईवटा मुद्दामा क्रमशः रु १९ करोड ४६ लाख एक हजार ६६२ दशमलव ३९ पैसा जरिवाना, तीन वर्ष कैद रु तीन  करोड २१ लाख ३९ हजार ६८१ दशमलव ५१ पैसा जरिवाना तथा तीन वर्ष कैद सजाय ठहर गरेको प्रहरीले जनाएको छ । 

निजलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ प्रवक्ता काफ्लेले बताए ।