२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थमा अस्थायी सहुलियतको माग, मूल्यवृद्धि नियन्त्रण गर्न काँग्रेस महामन्त्री पौडेलको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वको असर स्वरूप देशभित्र महँगी बढ्ने जोखिम देखिएको उल्लेख गर्दै पेट्रोलियम पदार्थमा अस्थायी सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले इन्धनको मूल्यवृद्धिले यातायात मात्र नभई दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत व्यापक प्रभाव पार्ने सम्भावना रहेको बताए। यसले सर्वसाधारणको खर्चमा प्रत्यक्ष असर पारिरहेको उनले उल्लेख गरेका छन्।

पौडेलका अनुसार हालको परिस्थितिले केही समयसम्म प्रभाव कायम रहने संकेत देखिएकाले मूल्य स्थिरता कायम गर्न सरकारले हस्तक्षेप आवश्यक रहेको छ। त्यसका लागि सीमित अवधिसम्म पेट्रोलियम पदार्थमा सहुलियत प्रदान गर्नु उपयुक्त हुने उनले सुझाए।

उनले वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराउँदै एलपी ग्यासको सट्टा विद्युतीय उपकरण (इन्डक्सन) प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। साथै, वैकल्पिक ऊर्जाबाट चल्ने सवारी साधनको प्रवर्द्धनमार्फत इन्धनमा निर्भरता घटाउन सकिने उनको भनाइ थियो।

बजारमा सम्भावित कालोबजारी नियन्त्रण गर्न प्रभावकारी अनुगमन आवश्यक रहेको उनले औँल्याउँदै उपभोक्तालाई अनावश्यक दबाबमा पार्ने गतिविधि रोक्न सरकार सक्रिय हुनुपर्ने बताए।

सम्भावित चुनौतीहरूलाई पूर्वानुमान गरी जनजीवन सहज बनाउने कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।