२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’

अ+ अ-

वालिङ (स्याङ्जा) । आँधीखोला गाउँपालिका-१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ । सिरुबारी सामुदायिक घरबास (होमस्टे)पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ  ।

आँधीखोला गाउँपालिका–१ वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि यस ठाउँमा पर्यापर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्नेगरी कार्यक्रम अगाडि सारिएको छ । 

“म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागत द्वार निर्माण, आकर्षक झुला, प्रतीक्षालय, म्हाजुभञ्ज्याङ इकोभिलेज एन्ड रेष्टोको रूपमा विकास गरिएको छ”, उनले भने, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय अग्र्यानिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेली घर पनि निर्माण गरिएको छ ।”

आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै रु एक करोड लगानी भइसकेको वडाध्यक्ष अधिकारीले जानकारी दिए। वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर ‘इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवकले रोजगारी पाएका छन् । दैनिक ५०० आन्तरिक तथा बाह्य पर्यटक म्हाजु आउने गरेका छन् ।