२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन

अ+ अ-

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्व रोक्नुपर्ने मागसहित राजधानीमा प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजले सम्बन्धित कूटनीतिक निकाय अगाडि एकै दिन शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको हो।

समाजले महाराजगञ्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटमा रहेको इजरायली दूतावास तथा दरबारमार्गस्थित याक एन्ड यति होटेल परिसरमा रहेको इरानी कन्सुलेट अगाडि प्रदर्शन गर्दै युद्ध अन्त्यको माग राखेको जनाएको छ।

प्रदर्शनमा सहभागीहरूले विश्व शक्तिहरूलाई युद्ध विस्तारको सट्टा शान्ति स्थापना तर्फ अग्रसर हुन आग्रह गर्दै विभिन्न सन्देशयुक्त ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले हालको द्वन्द्वले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा नकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरेका छन्।

समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई सम्बोधन गर्दै युद्धको विस्तार विश्व शान्तिका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेको छ। साथै, सम्बन्धित पक्षहरूबीच जारी तनाव तत्काल अन्त्य गरी शान्ति प्रवर्द्धनका लागि पहल गर्न आग्रह गरिएको छ।

प्रदर्शनमार्फत अमेरिकालाई युद्धको समर्थनभन्दा पनि शान्ति स्थापनामा सक्रिय भूमिका खेल्ने राष्ट्रका रूपमा देख्न चाहिएको सन्देशसमेत व्यक्त गरिएको छ।