२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा ग्यास डिलरमाथि आकस्मिक अनुगमन, कालोबजारी ऐनअनुसार कडा कारवाहीको चेतावनी

अ+ अ-

काठमाडौँ । रूपन्देही जिल्लामा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भएको गुनासो बढेपछि प्रशासनले विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रहरूमा अनुगमन तीव्र पारेको छ।

इलाका प्रशासन कार्यालय बुटवलको संयोजनमा सुरक्षाकर्मी, ग्यास विक्रेता संघ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा आकस्मिक निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा केही डिलरहरूले गोदाममा ग्यास सिलिन्डर राखेर ग्राहकलाई उपलब्ध छैन भन्दै फिर्ता पठाउने गरेको पाइएको छ।

कार्यालयका अनुसार दुई दिनसम्म सञ्चालन गरिएको संयुक्त अनुगमनमा दुई दर्जनभन्दा बढी डिलर तथा बिक्री केन्द्रहरू समेटिएका थिए। सो क्रममा करिब एक हजारभन्दा बढी ग्यास भरिएका सिलिन्डर लुकाइएका अवस्थामा भेटिएको जनाइएको छ।

केही बिक्री केन्द्रहरूमा भने भरिएका सिलिन्डर उपलब्ध नभएको पनि अनुगमन टोलीले उल्लेख गरेको छ।

प्रशासनले पहिलो चरणमा सम्बन्धित व्यापारीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा पसल बन्द गरिने तथा प्रचलित कानुन, विशेषतः कालोबजारी ऐनअन्तर्गत कडा कारवाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।