२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अन्तर्गतको सिनेटले पार्टी संरचनाबाट अलग रहने भन्दै गरेको निर्णयलाई अस्वीकार्य ठहर गर्दै त्यसले अनुशासनसम्बन्धी कारवाही निम्त्याउन सक्ने चेतावनी दिएको छ।

सानेपामा जारी केन्द्रीय समिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले पार्टी विधानले व्यवस्था गरेका निकायले आफूलाई अलग घोषणा गर्नु राजनीतिक र कानुनी दृष्टिले उचित नहुने स्पष्ट पारे। उनका अनुसार लोकतान्त्रिक अभ्यासअन्तर्गत असहमति र प्रतिक्रिया व्यक्त गर्न सकिए पनि ती गतिविधि विधानको दायराभित्रै रहनुपर्ने हुन्छ।

उनले उक्त निर्णय पार्टी अनुशासन र मर्यादासँग जोडिएको संवेदनशील विषय बन्न सक्ने संकेत गर्दै यसलाई स्थापित सीमाभन्दा बाहिरको कदमका रूपमा व्याख्या गरे। बैठकमा यो विषय औपचारिक रूपमा उठिसकेको पनि जानकारी गराइएको छ।

यसैबीच, सिनेटको निर्णयप्रति असहमति जनाउँदै र अध्यक्ष दुजाङ शेर्पाविरुद्ध कारवाहीको माग राख्दै नेविसंघकै एक समूह पार्टी कार्यालय पुगेको थियो। ज्ञापन पत्र बुझ्दै महामन्त्री गुरुराज घिमिरेले नेविसंघको ऐतिहासिक भूमिकालाई स्मरण गराउँदै यस्तो संस्थालाई अलग राख्ने विषय पार्टीकै अधिकार क्षेत्रभित्र पर्ने बताए।