२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्‍याएका छन् । उनीहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका समस्या, गुनासा र सुझाव पनि संकलन गरिरहेको पाइन्छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाको १ नं क्षेत्रमा रास्वपा मधुकुमार चौलागाईं र क्षेत्र नं २ मा बदन भण्डारीले फराकिलो मतान्तरले विजयी भएका हुन् । आ–आफ्ना क्षेत्रका नागरिकले अत्यधिक मतले विजयी गराएपछि यतिबेला दुवै सांसद आफ्ना मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरिरहेका हुन् । “जहाँ पुग्छु, त्यहाँ नागरिकको ठूलो अपेक्षा रहेको पाएँ”, १ नं क्षेत्रका सांसद चौलागाईंले भने। मतदाताहरूले नयाँ–पुराना समस्या खुलेरै आफूसँग राखेको उनको भनाइ छ । “म पनि नागरिकको समस्या, गुनासा र सुझावबमोजिम कामका योजना बनाइरहेको छु,” उनले भने ।

चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गुणराज मुक्तान १० हजार ४५२ मतान्तरले पराजित भएका हुन् । भौगोलिक रूपमा अधिकांश क्षेत्र विकटका रूपमा रहेकाले पनि नागरिकको समस्या खानेपानी र सडकको रहेको पाएको चौलागाईं बताउँछन् । उनी भन्छन्, “काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफलका रूपमा लिएको छु, नागरिकका लागि मैले निकै मेहेनत गर्नुपर्ने देखिन्छ ।” उनले भेटघाटका क्रममा अबको समय नागरिकको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । चौँरीदेउराली गाउँपालिका–५ निवासी उनी पेसाले अधिवक्ता हुन् ।

यसैगरी, क्षेत्र नं २ का सांसद भण्डारीले आफ्नो क्षेत्रका सबैजसो स्थानीय तहका गाउँ–टोलका मतदातासँग भेटघाटलाई करिब अन्त्यमा पुर्‍याएको बताउँछन् । उनले पनि जहाँ पुग्दा स्थानीय नागरिकले आफूसँग ठूलो अपेक्षा राखेको बताए । “मलाई किसानको समस्या धेरै आएको छ, ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने देख्छु”, उनले भने । किसानले समयमा रासायनिक मल नपाएको तथा पाए पनि अपर्याप्त, सिँचाइको समस्या, उत्पादित तरकारीले बजार नपाउँदा निकै दु:ख झुल्नुपरेको, दूधले समेत उचित मूल्य नपाउँदा मेहेनत र लागत दुबै जोखिममा परेको गुनासो आफूले पाएको भण्डारीले बताए ।

क्षेत्र नं १ को तुलनामा क्षेत्र नं २ मा खेतीयोग्य जमिन धेरै छ । यसकारण पनि किसानका समस्या हुनुमा स्वाभाविक देख्छन् भण्डारी । उनी भन्छन,“तर पाइएका समस्या धेरै वर्षदेखिका देखिन्छन्, किसानका समस्या प्राथमिकतामा पार्नुपर्ने देखिन्छ ।” सबैजसो किसान मतदाताको उस्तै समस्या–गुनासा सुनेपछि उनले बहुसङ्ख्यक किसानका समस्यामा आफू पनि चिन्तित रहेको बताए।

सांसद भण्डारीले आफ्नो क्षेत्रमा कृषि र पर्यटनको राम्रो सम्भावनाका देखिएकाले यसबाट समग्र जिल्लाले नै राम्रो फाइदा लिनसक्ने अवस्था रहे पनि त्यसको सदुपयोग गर्न नसकेको पाइएकाले आफूले सक्दो पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । “सडक, खानेपानी, स्वास्थ्य र शिक्षाका समस्यालाई प्राथमिकता दिएर अघि बढ्नेछु,” उनले भने । उनले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भएका हुन् । उक्त क्षेत्रमा प्रतिस्पर्धी नेपाली काँग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका थिए । भुम्लु गाउँपालिका–२ सिम्थली निवासी भण्डारी डेढ दशकदेखि राजनीतिमा सक्रिय छन्। ३३ वर्षका युवा भण्डारीको कार्यशैली र विकासको गतिलाई हेर्न आतुर रहेको मतदाता बताउँछन् ।