२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृभाषामा शपथ लिन ४७ सांसदको नाम दर्ता, विविध भाषाको प्रयोग हुने

अ+ अ-

काठमाडौँ । संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ४७ जनाले नेपालीबाहेकका भाषामा शपथ ग्रहण गर्ने इच्छासहित नाम दर्ता गराएका छन्।

संघीय संसद् सचिवालयका अनुसार सम्बन्धित सांसदहरूले आ-आफ्नो मातृभाषा वा रोजाइको भाषामा शपथ लिन नाम सूचीकृत गराएका हुन्।

हालै सम्पन्न निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ आगामी चैत १२ गतेका लागि तय गरिएको छ। दर्ता सूचीअनुसार विभिन्न भाषामा शपथ लिने तयारी गरिएको छ, जसमा संस्कृत, मैथिली, राना थारू, थारू र नेपाल भाषा लगायतका भाषाहरू समावेश छन्।

प्राप्त विवरणअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने तयारी गरेकी छन्। त्यस्तै उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ ग्रहण गर्नेछन् भने कृपाराम राना राना थारू भाषामा शपथ लिन इच्छुक छन्। गीता चौधरी र प्रमीलाकुमारी गच्छदारले थारू भाषामा तथा विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिने जनाइएको छ।

इतिहासमा पनि नेपालीबाहेकका भाषामा शपथ लिने अभ्यास रहँदै आएको छ। विभिन्न निर्वाचन अवधिहरूमा उल्लेख्य संख्यामा सांसदहरूले मातृभाषा प्रयोग गरेका थिए भने २०६४ सालको संविधानसभामा ठूलो संख्यामा सदस्यहरूले आ-आफ्ना भाषा प्रयोग गरी शपथ लिएका थिए। त्यसबेला विभिन्न समुदायका भाषाहरूको व्यापक प्रतिनिधित्व देखिएको थियो।