२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका सल्यानका एक युवकको चक्कु प्रहारबाट मृत्यु भएको छ। घटनामा आफ्नै साथीबाट आक्रमण भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका-३, दमारखोला निवासी २१ वर्षीय बेदबहादुर बुढा रहेका छन्। आइतबार मलेसियाको स्थानीय समयअनुसार राति करिब ३ बजे भएको घटनामा उनीमाथि चक्कु प्रहार गरिएको बताइएको छ।

कपुरकोट गाउँपालिका-३ का वडा अध्यक्ष प्रदीप खड्काका अनुसार आक्रमण गर्ने व्यक्ति रोल्पाको गंगादेव गाउँपालिका-३ नाउली भालुमारेका करिब २५ वर्षीय चोपिलाल डाँगी रहेको खुलेको छ।

घटनापछि मलेसियाको प्रहरीले डाँगीसहित केही अन्य व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ। घटना पेनाङ राज्य क्षेत्रमा भएको हो, जहाँको प्रहरीले आधिकारिक माध्यममार्फत घटनाबारे जानकारी सार्वजनिक गरेको बताइएको छ।

मृतकका काका पर्शुराम बुढाले घटनाको पुष्टि गर्दै पोस्टमार्टम तथा आवश्यक प्रहरी प्रक्रिया पूरा भएपछि शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको कारण साथीबीचको आपसी विवाद हुनसक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाइएको छ।