२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहण, ह्वाइट पेपर तयार पार्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेसँगै उनले संरचनागत सुधारतर्फ केन्द्रित प्रारम्भिक निर्णयहरू सार्वजनिक गरेका छन् ।

संचारकर्मिहरुसँग कुरा गर्दै उनले राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा ऐन खारेजसम्बन्धी अध्ययन अघि बढाउने तथा समग्र कानुनी ढाँचाको पुनरावलोकन गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन् ।

यससँगै, चालु आर्थिक अवस्थाको समग्र चित्र प्रस्तुत गर्ने उद्देश्यले १३ चैतसम्मको अद्यावधिक आर्थिक स्थिति प्रतिवेदन (ह्वाइट पेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ । उक्त कार्यदलले नीतिगत तथा संरचनागत सुधारका विषयमा सुझाव दिने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री वाग्लेले आफ्नो दलद्वारा सार्वजनिक नीतिगत प्रतिबद्धतालाई आधार मानी कार्यान्वयनयोग्य योजना तयार गर्न कार्यदल गठन गरिएको बताएका छन् । उच्चस्तरीय आर्थिक सुधारसम्बन्धी सुझावका आधारमा कानुन खारेजी तथा संशोधनका विषयमा विस्तृत अध्ययन गरिने उनको भनाइ छ ।

उनका अनुसार आगामी दिनमा बजेट निर्माण प्रक्रियालाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको संरक्षण, लगानीमैत्री वातावरण निर्माण तथा ठूला पूर्वाधार आयोजनालाई तीव्रता दिन आवश्यक सहजीकरणका उपायहरू पहिचान गरिनेछन् ।

हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सकारात्मक संकेतहरू देखिएको उल्लेख गर्दै उनले राजस्व संकलन चुनौतीपूर्ण अवस्थामै रहेको, तर बैंकिङ प्रणालीमा निक्षेप वृद्धि भएको बताएका छन् । समग्र आर्थिक पुनरुत्थानका लागि रूपान्तरणमुखी बजेट तयारीमा सरकार केन्द्रित हुने उनले स्पष्ट पारेका छन् ।

प्रणालीगत जटिलता र अत्यधिक नियमनका कारण अर्थतन्त्र अपेक्षित रूपमा गतिशील हुन नसकेको उल्लेख गर्दै उनले नीतिगत सुधारमार्फत यी समस्याको समाधानतर्फ अग्रसर हुने धारणा राखेका छन् । साथै, सुधार प्रक्रियामा समय लाग्ने उल्लेख गर्दै धैर्य र निरन्तर प्रयास आवश्यक रहने उनले बताएका छन् ।