२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । त्यसका लागि  चाबहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सहकार्य गरिने महानगरले जनाएको छ ।  

यसको लागि महानगरले नमुनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने जनाइएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले यसअघि चार किल्ला सिफारिस, घर बाटो सिफारिस जस्ता सेवा दिँदै आएकामा अब वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न लागिएको बताइन् । अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्रदान गरिने उनले जानकारी दिइन् ।

“नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व, सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि अब वडाबाटै हुनेछ”, कार्यवाहक प्रमुख डंगोलले भनिन् ।   

महानगरको ४७औँ कार्यपालिका बैठकले नमुना कार्यक्रमका रूपमा १० वटा वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महानगरको संयुक्त आयोजनामा गएको फागुन ११ गतेदेखि तीन दिने तालिमसमेत सञ्चालन गरिसकेको छ । 

तालिममा जग्गा प्रशासनका प्राविधिक शब्दावली र अभिलेख प्रणाली, लिखत पारित, नामसारी प्रक्रियामा स्थानीय तहबाट हुने सही र सनाखत, न्यूनतम मूल्यांकन, रजिस्ट्रेसन शुल्क, रोक्का दस्तुर यकिन गर्ने तथा गणना गर्ने विधि, सार्वजनिक सम्पत्ति व्यवस्थापन (पाम) प्रणालीमा नामसारी तथा लिखत निवेदन तयार पार्ने, जग्गाधनी प्रमाण पुर्जा जारी गर्नेलगायत काम र प्रक्रिया जस्ता विषयमा जानकारी दिइएको थियो ।