२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिलबुक नवीकरणका नाममा सेवाग्राही ठग्ने १६ बिचौलिया पक्राउ, नगदसहित कागजात बरामद

अ+ अ-

काठमाडौँ। सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई दुःख दिने तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विभिन्न यातायात कार्यालय आसपास सक्रिय समूहले छिटो सेवा दिलाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने र प्रक्रियामा बाधा सिर्जना गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको हो।

उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई काठमाडौँका सानोभर्‍याङ र गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ।

कारबाहीका क्रममा उनीहरूबाट नगद रु. १ लाख २२ हजार र ५३ थान बिलबुकसमेत बरामद गरिएको छ।

प्रहरी वृत्त स्वयम्भू र थानकोटबाट खटिएको टोलीले छुट्टाछुट्टै स्थानबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

यस हुन् पक्राउ परेका १६ बिचौलिया :
१. जिल्ला रौतहट घर भएको वर्ष ३६ को बल ब.सुनार
२. जिल्ला रामेछाप, उमाकुण्ड गाउँपालिका ४ घर भएको वर्ष ३९ को विज्ञान राई
३. जिल्ला काठमाडौँ, तारकेश्वर नगरपालिका ९ घर भएको वर्ष ३१ को संजय राजवाहक
४. जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका १ रानिवन घर भएको वर्ष ३६ को विमल तामाङ
५. जिल्ला रामेछाप, खाँडादेवी गाउँपालिका ७ घर भएको वर्ष ३५ को रमेश कार्की
६. जिल्ला कैलाली, टिकापुर नगरपालिका ९ घर भएको वर्ष ६० को सुमन प्रसाद श्रेष्ठ
७. जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका १२ घर भएको वर्ष ३९ को उद्धव खनाल
८. जिल्ला धादिङ, नीलकण्ठ नगरपालिका ५ घर भएको वर्ष ३६ की कल्पना लम्साल

प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट पक्राउ गरेका मानिसहरू
१. जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका १४ कुलेश्वर घर भएको वर्ष २५ को पासाङ तामाङ
२. जिल्ला काभ्रे, तेमाल गाउँपालिका ८ घर भएको वर्ष ३० को शुनिल लामा
३. जिल्ला काठमाडौँ, चन्द्रागिरि नगरपालिका ६ घर भएको वर्ष २३ को सुदिप मगर
४. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २० को बुद्ध तामाङ
५. जिल्ला मकवानपुर, थाहा नगरपालिका ९ घर भएको वर्ष २६ को सुमेश नेपाली
६. जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २४ को अमन तामाङ
७. जिल्ला बझाङ, तलकोट गाउँपालिका ४ घर भएको वर्ष १८ को उज्वल सिंह
८. जिल्ला मोरङ, केराबारी गाउँपालिका ५ घर भएको वर्ष २६ को दिलीप राई