२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ महिनामै साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ८ महिनाको अवधिमै १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । खाडी मुलुकमा देखिएको तनावका कारण फागुनमा रेमिट्यान्स उच्च दरले प्रभावित हुने अनुमान गरिए पनि तथ्यांक भने सामान्य देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ । साउनदेखि फागुन मसान्तसम्म १० अर्ब १५ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको हो ।

८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ रहेको थियो ।