२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक गणना सफल बनाउन उद्योगी-व्यवसायीलाई आग्रह

अ+ अ-

जनकपुरधाम । जिल्ला आर्थिक गणना कार्यालयले आगामी वैशाख २ गतेदेखि हुने राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन जिल्लाका उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ । 

उक्त कार्यालयले बिहीबार यहाँ छलफल कार्यक्रम गरेर आर्थिक गणना प्रदेशको आर्थिक विकासका निम्ति राष्ट्रिय नीति तर्जुमा गर्न महत्त्वपूर्ण हुने भएकाले सही तथ्यांक उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको हो। 

त्यस अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले देशको आर्थिक उन्नयनका निम्ति राज्यबाट गरिने हरेक क्रियाकलापमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएकाले सबैलाई हालेमालो गरेर अघि बढ्न आह्वान गरे । 

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले तथ्यमा आधारित व्यावसायिक सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिए।

औषधि व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवालले  उद्योग तथा व्यवसायका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्छ भने । 

जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख शिवनारायण महतोका १८ क्षेत्रलाई समेटेर असार ७ गतेसम्म गणना गरिनेछ । अघिल्लो आर्थिक गणनामा मधेस प्रदेशमा एक लाख १७ हजार ६७० प्रतिष्ठान कायम थिए ।