२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट तयारी प्रक्रिया अघि बढेको अर्थमन्त्री वाग्लेको भनाइ, सुधार कार्यक्रमलाई तीव्रता

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित पूर्वबजेट अन्तरक्रियामा बोल्दै उनले वर्तमान सरकारले आर्थिक सुधारका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गरे। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशन अनुसार सुधारका पहलहरूलाई गति दिइएको उनको भनाइ थियो।

मन्त्री वाग्लेले पदभार सम्हालेपछि उद्योगी तथा व्यवसायीलाई सकारात्मक संकेत दिने उद्देश्यले विभिन्न नीतिगत कदमहरू अघि बढाइएको बताए। उनले पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका सिफारिसहरूलाई पनि कार्यान्वयनतर्फ लैजाने प्रयास भइरहेको जानकारी दिए।

उनका अनुसार, राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा असान्दर्भिक ठहरिएका करिब १५ वटा पुराना ऐनहरू हटाउने निर्णयसमेत गरिएको छ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगमैत्री वातावरण अभावका कारण निजी क्षेत्र प्रभावित भएको उल्लेख गर्दै ऊर्जा आपूर्तिलाई नियमित र भरपर्दो बनाउन सरकारसँग माग राखेका छन्।