काठमाडौँ । काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चलाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।
यस्तै काठमाडौँको कलंकी–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलंकीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताए ।
यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए। ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुर्व्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईले बताए।
यी हुन् विमानस्थलबाट पक्राउ परेका १८ जना
१) सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने वर्ष १८ को सूर्य माझी
२) बाँके घर भईका एयरपोर्ट बस्ने २२ को एकेश तामाङ
३) पाँचथर घर भई एयरपोर्ट बस्ने वर्ष २६ को प्रेमकुमार मगर
४) सिन्धुली घर भई नयाँबस्ती बस्ने वर्ष ३२ को राजकुमार राई
५) मकवानपुर घर भई एयरपोर्ट बस्ने वर्ष ४० को मगलमान घलान
६) पाँचथर घर भई टोखा बस्ने वर्ष ३८ को खगेन्द्र लिम्बु
८) मोरङ घर भई एयरपोर्ट बस्ने वर्ष २९ को आशिस खतिवडा
९) मकवानपुर घर भई सम्भुमार्ग बस्ने वर्ष ३४ को विश्व मोक्तान
१०) धनुषा घर भई एयरपोर्ट बस्ने वर्ष ४५ को वीरेन्द्र झा
११) सिराहा घर भई तिलगगा बस्ने वर्ष ६० को लडा मिया
११) नयाँ बसपार्क बस्ने वर्ष ४६ कि पर्सुराम राई
१२) रामेछाप घर भई भक्तपुर बस्ने वर्ष २७ को सन्तु तामाङ
१२) धनुषा घर भई तिलगगा बस्ने वर्ष ५३ को रघुवीर शाह
१३) महोत्तरी घर भई तिलगगा बस्ने वर्ष ३३ को राजीवकुमार रावत
१४) धनुषा घर भई गौशाला बस्ने वर्ष २६ को सरोजकुमार महतो
१५) मकवानपुर घर भई काजी गौशाला बस्ने वर्ष १९ को अजय लामा
१६) झापा घर भई सिनामगल बस्ने वर्ष ३९ को केशव लिम्बु
१७) बझाङ घर भई सिनामगल बस्ने वर्ष २० को रामप्रसाद जोशी
१८) बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को विमलराज जोशी







