काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै पद बहाली समेत गरेका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।







