२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको विकासमा दक्षिण कोरियाली मोडेलको सान्दर्भिकता

अ+ अ-

१. पृष्ठभूमि
नेपालले लामो समयदेखि विकासका विभिन्न चुनौतीहरूको आरोह अवरोहको सामना गर्दै लामो समयदेखि विकासको खोजीमा रुमल्लिरहेको छ । भौगोलिक विकटता, राजनीतिक अस्थिरता र पूर्वाधारको कमीले गर्दा देश अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। अर्कोतर्फ, दक्षिण कोरियाले दोस्रो विश्वयुद्ध र कोरियाली युद्धपछिको चरम गरिबीबाट उठेर छोटो समयमै विश्वको अग्रणी विकसित राष्ट्रको रूपमा छोटो समयमै ‘हान नदीको चमत्कार’ (मिराकल अन द हान रिभर) मार्फत गरिब राष्ट्रबाट विकसित राष्ट्रको फड्को मारिसकेको छ। सन १९७० को दशकतिर नेपाल र कोरियाको प्रति व्यक्ति आयका दृष्टिले उस्तै उस्तै समानता रहेको थियो। दक्षिण कोरियाको विकास नेपालका लागि कोरियाली अनुभवको समायोजन एउटा महत्वपूर्ण पाठ र प्रेरणाको स्रोत बन्न सक्छ ।

२. नेपालको विकासमा मुख्य बाधाहरू
नेपाल अझै विकसित हुन नसक्नुका केही प्रमुख कारणहरू यस प्रकार छन्:
क) भौगोलिक जटिलता: देशको ठूलो हिस्सा ओगटेको हिमालय पर्वत शृङ्खला भएको नेपालको दुर्गम भूभागले यातायात, पूर्वाधार विकास र दुर्गम क्षेत्रहरूमा पहुँचका लागि महत्त्वपूर्ण चुनौतीहरू खडा गरी यातायात र पूर्वाधार निर्माणमा ठूलो लागत र समय लाग्ने तथा आर्थिक अवसरहरूलाई सीमित तुल्याएको छ ।

ख)राजनीतिक अस्थिरता: सरकारमा बारम्बार हुने परिवर्तनले असन्तुलित, दीर्घकालीन नीतिहरू,विकास योजनाहरू कार्यान्वयन तथा विकासका नीतिहरूमा एकरूपता हुन सकेन, बिकासमा बाधा पुर्‍याई भ्रष्टाचार र योजना कार्यान्वयनमा शिथिलता ल्याएको छ
ग) आर्थिक परनिर्भरता: नेपालको अर्थतन्त्र मुख्यतया कृषि र वैदेशिक रेमिट्यान्समा निर्भर, सीमित औद्योगिकीकरणले गर्दा विश्वव्यापी आर्थिक उतार-चढाव तथा बाह्य झट्काहरूले अर्थतन्त्रलाई छिटो असर गरेको छ । रेमिट्यान्सले जिडिपीको २५% भन्दा बढी हिस्सा ओगटेकाले बाह्य झट्काप्रति अर्थतन्त्र संवेदनशील अवस्थामा रहेको छ ।
घ) पूर्वाधार र प्रविधिको कमी: बिजुली, सडक र आधुनिक सञ्चार प्रणालीको अपर्याप्तताले औद्योगिक विकास र वैदेशिक लगानीलाई रोकेको छ । सडक, विद्युत र दूरसञ्चारको अपर्याप्तताले गर्दा उद्योगहरूको विकास र वैदेशिक लगानी आकर्षित गर्न कठिन भएको छ । । यी कमीहरूले ग्रामीण विकास र आधारभूत सेवाहरूको पहुँचमा समेत बाधा पुर्‍याएको छ ।
ङ) सामाजिक र प्राकृतिक जोखिम: गुणस्तरीय शिक्षा,प्राविधिक सीपको कमी र कम साक्षरता दर,स्वास्थ्य सेवामा ग्रामीण पहुँचको कमीका साथै दक्ष जनशक्तिको अभावले आर्थिक वृद्धिलाई रोकेको छ । त्यसैगरी, अविकसित स्वास्थ्य प्रणालीका कारण शिशु मृत्युदर उच्च रहनु र गुणस्तरीय सेवाको अभाव,सेवाहरूमा सीमित पहुँच अर्को गम्भीर समस्या हो ।
च) प्राकृतिक प्रकोपहरू: नेपालमा भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले विकासका प्रयासहरूलाई पटक-पटक क्षति पुर्‍याउने गरेका छन् । नेपाल भूकम्प, पहिरो र बाढी लगायत प्राकृतिक प्रकोपहरूको जोखिममा छ, जसले विकास प्रयासहरूलाई बाधा पुर्‍याई र ठूलो आर्थिक क्षति पुर्‍याएको छ । २०१५ को विनाशकारी भूकम्पले पुर्‍याएको क्षति जस्ता घटनाले विकासका प्रयासहरूलाई दशकौं पछाडि धकेल्ने गरेका छन् ।
छ) भ्रष्टाचार र सुशासन: नेपाली समाजका धेरै क्षेत्रहरूमा भ्रष्टाचार अझै व्याप्त छ, जसले सार्वजनिक सेवाहरूको प्रभावकारितालाई असर गर्छ र लगानीमा बाधा पुर्‍याउँछ । नेपालले वर्षौंदेखि विकासको बाटोमा विभिन्न संरचनागत र नीतिगत चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।

३. दक्षिण कोरियाली अनुभव
दक्षिण कोरियाको सफल विकासका अनुभवहरूलाई नेपालले निम्न क्षेत्रहरुमा समायोजन र यसका पाठहरुको पूर्ण कार्यान्वयन गरी विकासको गतिलाई तिब्र बनाउन सक्छ:

क) ग्रामीण विकास मोडल (सेमाउल उन्डोङ ):
सेमाउल उन्डोङ (सेमाउल उन्डोङ) को अवधारणा: यसको शाब्दिक अर्थ नयाँ गाउँ अभियान हो। यो सन् १९७० को दशकमा दक्षिण कोरियाली राष्ट्रपति पार्क चुङ-हीद्वारा सुरु गरिएको एक सामुदायिक विकास कार्यक्रम हो। यसको प्रमुख सिद्धान्तहरु अथवा यसका तीन मुख्य खम्बाहरू यस प्रकार छन्— परिश्रम (डिलिजेन्स), आत्मनिर्भरता (सेल्फ-हेल्प), र सहयोग (कोअपरेशन)।
समुदायको सहभागितामा सवल सामुदायिक नेतृत्व: गाउँलेहरू आफैं मिलेर बाटो खन्ने, कुलो बनाउने र सरसफाइ गर्ने कार्यमा संलग्न गराउने कार्य नेपालले पनि स्थानीय समुदायलाई सशक्त बनाई साना पूर्वाधार निर्माण (जस्तै कुलो, बाटो, सरसफाइ) मा उनीहरूको सहभागिता बढाउन सक्छ। ग्रामीण विकासका लागि स्थानीय युवा र नेतृत्वलाई सशक्त बनाउनु पर्छ । यस अभियानले नगदको व्यवस्था गर्दैन तर समुदायलाई चाहिने सम्पूर्ण सामग्रीको जोहो गरि दिन्छ।जुन समुदायले ईमान्दारितापुर्वक कार्य सम्पन्न गर्छन तिनीहरुलाई अन्य कार्य गर्न प्रोत्साहित गरिन्छ भने कार्य सम्पन्न नगर्नेलाई दण्डित गर्ने वा अन्य कार्यको लागि सहयोग पुर्याईदैन यसकारण सबै समुदाय बिकासमा इगो लि कार्य गर्न लालायित हुन्छन। यसले सरकारी स्रोतमाथिको दबाब घटाउने मात्र नभई जनतामा स्वामित्वको भावना पनि विकास गर्छ। नेपालले पनि स्थानीय समुदायलाई सशक्त बनाई साना पूर्वाधार निर्माणमा जनसहभागिता बढाउन सक्छ ।
नेपालका लागि पाठ: सामुदायिक परिचालन: कोरियाले गाउँलेहरूलाई आफ्नो विकास आफैँ गर्न प्रोत्साहित गर्‍यो। नेपालले पनि स्थानीय तहमा उपभोक्ता समिति र टोल विकास संस्थाहरूलाई केवल बजेट खर्च गर्ने माध्यम मात्र नबनाई, श्रमदान र स्वामित्वको भावना जगाउन यस मोडलबाट सिक्न सक्छ।
नेतृत्व विकास: कोरियामा प्रत्येक गाउँमा ‘सेमाउल नेता’ छानिएका थिए। नेपालले पनि गाउँघरका युवा र अगुवाहरूलाई विकासका लागि उत्प्रेरित गर्न नेतृत्व तालिममा जोड दिनुपर्छ।
सरकारको भूमिका र प्रोत्साहन: कोरियाली सरकारले सुरुमा गाउँहरूलाई सिमेन्ट र फलाम जस्ता कच्चा पदार्थ अनुदानमा दियो र जसले राम्रो काम गरे, उनीहरूलाई थप पुरस्कार र बजेट दियो।कोरियाले कृषि क्रान्ति र ग्रामीण विकासलाई सँगसँगै अघि बढाएको थियो। नेपालले पनि बढ्दो सहरीकरणलाई रोक्न र गाउँमै आर्थिक अवसर सिर्जना गर्न यो मोडलमार्फत ग्रामीण उद्यमशीलता (रुरल इन्टरप्रेनरशिप) लाई प्राथमिकता दिनुपर्छ। नेपालमा प्रयोग: नेपालका पालिकाहरूले पनि “राम्रो गर्नेलाई थप बजेट” को नीति अपनाएर गाउँ-गाउँबीच सकारात्मक प्रतिस्पर्धा गराउन सक्छन्। यस अभियानले गाउँलेहरूलाई आफ्नै विकासका लागि एकजुट गराउन, ग्रामीण क्षेत्रको मुहार फेर्न सफल हुन सक्छन। नेपालले पनि यस्तै सामुदायिक नेतृत्व विकास पहलहरूलाई प्रवर्द्धन गर्न सक्छ ।

ख) पूर्वाधार र उर्जा विकास: दक्षिण कोरियाले यातायात र उर्जामा गरेको भारी लगानीले उसको औद्योगिकीकरणलाई गति दियो। कोरियाले ठुला पूर्वाधार तथा भारी/ ठुला उद्धोग (हेभी इन्फ्रास्ट्रक्चर एन्ड हेभी केमिकल इन्डस्ट्रिज)मा गरेको भारी लगानीलाई नेपालले अनुसरण गर्नुपर्छ।उदाहरण: हुन्डाई,पोस्को,एलजी,समसुङ

नेपालका लागि पाठ: मध्य-पहाडी राजमार्ग, भैरहवा-पोखरा जस्ता अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माणले कनेक्टिभिटी सुधार गरी कोरियाली मोडल झैं आर्थिक वृद्धिलाई सहज बनाउन सकिन्छ। काठमाडौं-तराई फास्ट ट्र्याक जस्ता आयोजनाहरूले देशलाई जोड्न, दुर्गम क्षेत्रहरूमा जडान सुधार गर्न सडक, पुल र ऊर्जामा लगानी गरि नेपालको प्रचुर जलस्रोतको दोहन गरी जलविद्युत आयोजनाले आन्तरिक र निर्यात ऊर्जा आवश्यकताहरू पूरा गर्ने लक्ष्य पुरा गर्न सकिन्छ। साथै यस्ता ठूला परियोजनाले मुलुकको उर्जा संकट समाधान गरी औद्योगिक विकासमा सहयोग पुर्‍याउन समेत सकिन्छ।

ग) औद्योगिक विकास र निर्यातमा आधारित अर्थतन्त्र
दक्षिण कोरियाको सफलताको अर्को मुख्य आधार उसको ‘निर्यातमुखी औद्योगिकीकरण’ (एक्सपोर्ट-ओरिएन्टेड इन्डस्ट्रियलाइजेशन) हो। नेपालले पनि आफ्नो आयातमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक बनाउन निम्न उपायहरू अवलम्बन गर्नु पर्छ:
विशेष आर्थिक क्षेत्र (एसईजेड) को सुदृढीकरण: उद्योगहरूका लागि कर छुट, सस्तो बिजुली र प्रशासनिक सहजता प्रदान गर्ने विशेष क्षेत्रहरू निर्माण गर्ने। कोरियाले उल्सान (उल्सान) जस्ता औद्योगिक सहरहरू विकास गरे जस्तै नेपालले भैरहवा र सिमरा जस्ता क्षेत्रमा रहेका एसईजेड लाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ।
साना तथा मझौला उद्योग (एसएमईज) लाई प्रोत्साहन: स्थानीय कच्चा पदार्थमा आधारित साना उद्योगहरूलाई सस्तो ब्याजदरमा ऋण र प्रविधि उपलब्ध गराउने।
नेपालको सन्दर्भ: अल्लो, लोक्ता, हस्तकला र जडिबुटीजन्य प्रशोधन उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न कोरियाली साना उद्योगको विकास मोडल प्रभावकारी हुन सक्छ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) आकर्षित गर्ने:लगानीकर्ताहरूका लागि ‘एकद्वार प्रणाली’ (वन विन्डो सिस्टम) मार्फत झन्झटमुक्त सेवा प्रदान गर्ने।कम्तिमा पनि कर नीतिमा लचकता र स्थिरता कायम गर्न राष्ट्रिय सहमति कायम गर्ने ।
नेपाललाई पाठ: कोरियाले सामसुङ (सामसुङ) र हुण्डाई (हुन्डाई) जस्ता ‘चेबोल’ (चेबोल) हरूलाई सुरुवाती चरणमा राज्यले जसरी संरक्षण र प्रोत्साहन दियो, नेपालले पनि आफ्ना ठूला उद्योगीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ।
आयात प्रतिस्थापन र तुलनात्मक लाभका क्षेत्र: कोरियाले आयात प्रतिस्थापन र निर्यातमा आधारित औद्योगिकीकरणलाई प्राथमिकता दियो। नेपालले कृषिजन्य वस्तु, सिमेन्ट र उर्जा जस्ता क्षेत्रमा आत्मनिर्भर बनेर व्यापार घाटा कम गर्नुपर्छ। कोरियाले सुरुमा सस्तो श्रममा आधारित उद्योग (कपडा) बाट सुरु गरेर पछि भारी उद्योगमा फड्को मारे जस्तै नेपालले पनि चरणबद्ध विकासको रणनीति लिनुपर्छ।
आर्थिक विविधीकरण: रेमिट्यान्समा मात्र निर्भर रहनुको साटो उत्पादनमूलक क्षेत्रमा लगानी बढाई उपभोगमा मात्र खर्च रहेकोमा सोलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति ल्याउनु पर्छ साथै रेमिट्यान्स र कृषिमा निर्भरता कम गर्न उत्पादन र सेवा क्षेत्रको वृद्धिलाई प्रोत्साहन गरी परम्परागत कृषिलाई विविधिकरण,आधुनिकरण र व्यवसायीकरण गर्नु पर्छ। जमिनको अभावलाई पूर्ति गर्न करार खेति र भुमि बैंक जस्ता कार्यक्रमहरु लागु गर्नु पर्छ यसले गर्दा कृषिमा आधारित फसल आयात होइन निर्यातमा जोड दिन उत्पादनमूलक र काम तौलका मुल्यवान क्षेत्रको विकास र विस्तार गर्नु पर्छ ।
कृषि आधुनिकीकरण:निर्वाहमुखी खेतीलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि उत्पादकत्व बढाउने र आत्मनिर्भर बन्ने लक्ष्य अनुसार लगानी र कार्यक्रमहरु अघि बढाउनु पर्छ।


घ ) शिक्षा, मानव संशाधन र प्रविधिमा लगानी
दक्षिण कोरियाले कुनै पनि प्राकृतिक स्रोत नभए तापनि शिक्षा अर्थात् मानव पूँजी (ह्युमन क्यापिटल) को भरमा र प्रविधिमार्फत बिकासको पूर्ति गरेको थियो । दक्षिण कोरियाको विकासको जग शिक्षित र दक्ष जनशक्ति थियो भने नेपालले पनि आफ्नो शैक्षिक प्रणालीमा तेसै गरि सुधार गर्नु पर्छ:
१.गुणस्तरीय शिक्षामा समान पहुँच: नेपालमा सहर र गाउँबीचको शैक्षिक गुणस्तरमा ठूलो खाडल छ। दक्षिण कोरियाले शिक्षकहरूलाई उच्च सम्मान र राम्रो तलब दिएर दुर्गम क्षेत्रमा पठाउने नीति लिए जस्तै नेपालले पनि ‘शिक्षक दुर्गम भत्ता’ र वृत्ति विकासका कार्यक्रमहरू ल्याउनुपर्छ। विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयहरूमा पूर्वाधार र प्रविधिको पहुँच बढाउनुपर्छ ।
२.प्राविधिक र व्यावसायिक शिक्षा: केवल डिग्री दिने शिक्षाभन्दा बजारमा बिक्ने सीप दिने शिक्षामा जोड दिनु। कोरियाली ‘भोकेसनल हाई स्कुल’ को मोडलमा आधारित रहेर नेपालका प्रत्येक पालिकामा कम्तीमा एउटा बहुप्राविधिक शिक्षालय स्थापना गरी स्थानीय कच्चा पदार्थ र सम्भावना अनुसारको तालिम दिनुपर्छ। नेपालले पनि फिनल्याण्ड वा कोरियाको मोडल जस्तै शिक्षकहरूको व्यावसायिकता र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ ।
३.विज्ञान र प्रविधिको प्रवर्द्धन: अनुसन्धान र विकास (रिसर्च एन्ड डेभलपमेन्ट) मा सरकारी लगानी बढाउने। नेपालको आवश्यकता: कृषिमा प्रविधिको प्रयोग, जडिबुटीको प्रशोधन र डिजिटल सेवाहरूको विकासका लागि युवा वैज्ञानिक र इन्जिनियरहरूलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ।
४.सूचना प्रविधिको उपयोग: कोरिया विश्वको सबैभन्दा उच्च इन्टरनेट गति भएको देशमध्ये एक हो। नेपालले पनि ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई प्रभावकारी रूपमा लागू गरी सरकारी सेवा, शिक्षा र स्वास्थ्यलाई प्रविधिसँग जोड्नुपर्छ।
५.उच्च शिक्षा र अन्तर्राष्ट्रिय सहकार्य:नेपाली विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने र कोरियाली वा अन्य विकसित देशका विश्वविद्यालयहरूसँग शैक्षिक आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्नु पर्छ । सीपयुक्त दक्ष श्रमिकको रूपमा स्वदेशमै खपत तथा अर्धदक्ष वा अदक्ष होइन डब्लुटिओको मोड ४ अनुसार दक्ष जनशक्ति बैदेशिक रोजगारमा पठाउने संयन्त्रको विकास गर्नु पर्छ।फिलिपिन्सले समेत बैदेशिक रोजगारलाई दक्ष जनशक्ति निर्यात रणनीतिको( मोडल) विकास गरि कार्य गरि सकेको अवस्था छ।

ङ) पर्यटन विकास र सांस्कृतिक कूटनीति
नेपालको प्राकृतिक सौन्दर्य सुन्दरता र सांस्कृतिक विविधतालाई दक्षिण कोरियाको जस्तै सफ्ट पावर (सफ्ट पावर) र आर्थिक वृद्धिको माध्यम बनाउन सकिने,प्राकृतिक र सांस्कृतिक सम्पदालाई स्विट्जरल्याण्ड वा न्यूजील्याण्ड जस्तै पर्यटन क्लस्टरको रूपमा विकास गरी उच्च-मूल्यको पर्यटनमा जोड दिनुपर्छ ।
१.पर्यटन पूर्वाधार र ब्राण्डिङ: पर्यटकीय स्थलहरूमा गुणस्तरीय सडक, सञ्चार र सुरक्षित पदयात्रा मार्गहरूको विकास गरी कोरियाले जस्तै आफ्नो परम्परागत गाउँहरूलाई आधुनिक पर्यटकीय आकर्षणको केन्द्र बनाई नेपालले पनि आफ्ना पुराना सहरहरू र हिमाली गाउँहरूमा मौलिकता जोगाउँदै पूर्वाधार सुधार गर्नुपर्छ।
२.जिम्मेवार र दिगो पर्यटन (रिस्पोन्सिबल ट्रेकिङ): वातावरणीय प्रभाव कम गर्न पर्यटकहरूका लागि जिम्मेवार पदयात्रा अभ्यासहरू प्रवर्द्धन गर्दै दक्षिण कोरिया जसरी राष्ट्रिय निकुञ्जहरूमा पदयात्रीहरूलाई प्रकृति संरक्षणबारे सिकाउदै सगरमाथा र अन्नपूर्ण क्षेत्रमा फोहोर व्यवस्थापन र जिम्मेवार पर्यटनमा कडाइ गर्नुपर्छ।
३.सांस्कृतिक आदानप्रदान र युवा नेतृत्व: युवाहरूलाई सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्द्धनका पहलहरूमा नेतृत्वदायी भूमिका दिई कोरियाले गरे जस्तै युवाहरूलाई सांस्कृतिक दूत बनाएर विश्वभर आफ्नो सँस्कृति फैलाएको तरिकाले स्वदेशी पर्यटन गाइड र सांस्कृतिक संगठनहरूलाई सहयोग गर्नुपर्छ।
४.आदिवासी र स्थानीय पर्यटन: स्थानीय समुदायको प्रत्यक्ष फाइदाका लागि सामुदायिक घरबास (होमस्टे) र आदिवासी संस्कृति झल्कने पर्यटनलाई प्राथमिकता दिदै जेजु टापु (जेजु आइल्यान्ड) को पर्यटन मोडलबाट नेपालले पनि स्थानीय उत्पादन र सँस्कृतिलाई कसरी विश्व बजारमा बेच्न सकिन्छ भन्ने कुरा सिक्न सकिन्छ।
५.अन्तर्राष्ट्रिय प्रवर्द्धन: विदेशी फिल्म र डकुमेन्ट्री निर्माणका लागि नेपाललाई छायांकन स्थलको रूपमा प्रवर्द्धन गर्ने, जसले गर्दा विश्वभर नेपालको प्रचार प्रसार गर्न सकियोस।


च) सामाजिक सुरक्षा, समावेशी विकास र विपद् व्यवस्थापन
विकास केवल आर्थिक वृद्धि मात्र नभई समाजका सबै वर्गको सुरक्षा र उत्थानलाई समेट्न सकिन्छ:
१.व्यापक सामाजिक सुरक्षा प्रणाली: वृद्ध, अशक्त, र विपन्न वर्गका लागि प्रभावकारी भत्ता र बीमा कार्यक्रमहरू सञ्चालन गरी दक्षिण कोरियाले गरे जसै आफ्नो विकासको प्रारम्भिक चरणदेखि नै राष्ट्रिय पेन्सन प्रणाली र स्वास्थ्य बीमालाई अनिवार्य बनाई सामाजिक सुरक्षा कोषलाई अझै फराकिलो र पारदर्शी बनाउनुपर्छ।
२.महिला र युवा सशक्तीकरण:आर्थिक निर्णय प्रक्रिया र नेतृत्व तहमा महिला र युवाहरूको अर्थपूर्ण सहभागिता गराई साना तथा मझौला उद्योगमा युवा तथा महिला उद्यमीहरूलाई बिना धितो ऋण र कर छुटको व्यवस्था गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिन्छ।
३.विपद् पूर्वतयारी र उत्थानशीलता (रेजिलिएन्स): प्राकृतिक प्रकोपको प्रभाव न्यूनीकरण गर्न व्यापक पूर्वतयारी र प्रतिक्रिया योजनाहरू विकास गरी भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न वैज्ञानिक भवन संहिता (बिल्डिङ कोड) र पूर्व-चेतावनी प्रणाली जडान गरी २०१५ को भूकम्पपछिको पुनर्निर्माणबाट नेपालले सुधारिएको भवन स्तर र पुनर्निर्माणमा ध्यान केन्द्रित गरी सिकेका पाठहरूलाई संस्थागत गर्दै सुरक्षित बस्ती विकासमा जोड दिनु पर्दछ।
४.वातावरण संरक्षण र हरित भवन (ग्रीन बिल्डिङ): ऊर्जा बचत गर्ने र वातावरणमैत्री भवन निर्माण गर्नेहरूलाई सरकारी प्रोत्साहन प्रदान सहित दक्षिण कोरियाले ग्रीन बिल्डिङ सर्टिफिकेट प्राप्त गर्ने भवनहरूलाई करमा सहुलियत दिए जस्तै नेपालले पनि सहरी क्षेत्रमा यस्तै नीति ल्याउन सकिन्छ।
५.सहरीकरणको व्यवस्थित योजना:अव्यवस्थित सहरीकरणलाई रोक्न र स्मार्ट सिटीको अवधारणालाई साकार पार्न पूर्वाधार, खुला क्षेत्र र ढल निकासको उचित व्यवस्थापन गरी शहरी योजना बनाउनु पर्छ।


छ) अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक लगानीको वातावरण
नेपालले आफ्नो विकासका लागि बाह्य विश्वसँग दक्षिण कोरियाको सिकाईबाट पाठ सिक्नु पर्छ:
१.वैदेशिक सहायताबाट आत्मनिर्भरतातर्फ: दक्षिण कोरिया कुनै समय विश्वको सबैभन्दा धेरै वैदेशिक सहायता लिने देश थियो, तर उसले त्यो पैसा उपभोगमा होइन, पूर्वाधार र उद्योगमा लगायो। नेपालले पनि दातृ निकायको सहयोगलाई दीर्घकालीन पूँजी निर्माणमा खर्चि वैदेशिक अनुदान र ऋणलाई राष्ट्रिय गौरवका आयोजना र उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्ने नीति लिनुपर्छ।
२.लगानीकर्ता मैत्री वातावरण (बिजनेस-फ्रेन्डली एनभाइरोन्मेन्ट): वैदेशिक लगानी भित्र्याउन कानुनी अड्चनहरू हटाउनुका साथै बौद्धिक सम्पत्ति अधिकारको सुरक्षा गरी कोरियाले विदेशी कम्पनीहरूलाई आकर्षित गर्न कर छुट र जग्गा प्राप्तिमा सहुलियत दिए जस्तै नेपालले पनि सूचना प्रविधि र पर्यटन क्षेत्रमा यस्तै प्याकेजहरू ल्याउनुपर्छ।
३.आर्थिक कूटनीति (इकोनोमिक डिप्लोमेसी): विदेशस्थित नेपाली दूतावासहरूलाई केवल राहदानी नवीकरण गर्ने केन्द्र मात्र नबनाई, नेपाली उत्पादनको बजार खोज्ने र लगानी भित्र्याउने केन्द्रको रूपमा परिचालन गर्दै नेपालमा लगानी गर्नुहोस् भन्ने सन्देशका साथ विश्वका प्रमुख वित्तीय केन्द्रहरूमा लगानी सम्मेलनहरू नियमित आयोजना गर्ने।
४.क्षेत्रीय व्यापार र कनेक्टिभिटी: छिमेकी मुलुकहरू चीन र भारतसँगको व्यापारिक सन्धिहरूलाई पुनरावलोकन गरी नेपालको व्यापार घाटा कम गर्दै नेपालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको आफ्नो अवस्थितिलाई ट्रान्जिट हबको रूपमा विकास गरी लाभ लिन सक्नुपर्छ।
५.अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक सहयोग:दक्षिण कोरियाको कोइका जस्ता संस्थाहरूबाट प्राविधिक सीप र ज्ञान हस्तान्तरणमा जोड दिई नेपाली जनशक्ति अन्तर्राष्ट्रिय अनुभव र आधुनिक प्रविधि सञ्चालन गर्न सक्ने बनाउनु पर्दछ।
६.अन्तर्राष्ट्रिय साझेदारी: विश्व बैंक र एसियाली विकास बैंक जस्ता संस्थाहरूसँगको सहकार्यलाई प्राविधिक विशेषज्ञता र क्षमता निर्माणमा सदुपयोग गर्नुपर्छ ।


ज) सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार
दक्षिण कोरियाको विकासको एउटा बलियो खम्बा त्यहाँको पारदर्शी प्रशासन र भ्रष्टाचार प्रतिको शून्य सहनशीलता हो । नेपालले पनि आफ्नो प्रशासनिक संयन्त्रलाई चुस्त बनाउन निम्न पक्षमा ध्यान दिनु पर्छ:
१.भ्रष्टाचार विरोधी निकायको सुदृढीकरण:अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सिआइएए) जस्ता निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त र साधनस्रोत सम्पन्न तथा शक्तिशाली र स्वतन्त्र भ्रष्टाचार विरोधी निकायहरू बनाई भ्रष्टाचार शून्य सहनशीलता अपनाउनुपर्छ । कोरियाले भ्रष्टाचार नियन्त्रणका लागि ल्याएको एन्टी-करप्सन एक्ट र सार्वजनिक अधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्यलाई कडाइका साथ नेपालले पनि पूर्ण रूपमा लागू गरी शासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्छ ।
२.ई-शासन (ई-गभर्नेन्स) र डिजिटल सेवा: सरकारी सेवामा हुने झन्झट र बिचौलियाको अन्त्य गर्न प्रविधिको प्रयोग बढाई कोरियाको जीफोरसी (गभर्नेन्मेन्ट फर सिटिजन्स) प्रणाली जस्तै नेपालले पनि नागरिकका सबै आधारभूत सेवाहरु (लाइसेन्स, मालपोत, कर भुक्तानी आदि ) पूर्ण रूपमा अनलाइन बनाउनुपर्छ,जसले भ्रष्टाचारका अवसरहरूलाई स्वत कम गर्न मद्दत गर्छ। पारदर्शिता र दक्षताका लागि सरकारी सेवाहरूमा डिजिटल प्रविधि र ई-शासन (ई-गभर्नेन्स) प्रयोग बढाउनु पर्छ ।
३.योग्यतामा आधारित कर्मचारीतन्त्र (मेरिटोक्रेसी): कर्मचारीको भर्ना, पदस्थापन र बढुवामा राजनीतिक आस्थाभन्दा पनि कार्यक्षमता र योग्यतालाई आधार बनाई लोक सेवा आयोगको निष्पक्षतालाई कायम राख्दै उच्च व्यवस्थापकीय पदहरूमा खुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति भित्र्याउने नीति लिनुपर्छ।
४.विकेन्द्रीकरण र संघीयताको प्रभावकारी कार्यान्वयन: स्थानीय तहलाई स्रोत र अधिकारसम्पन्न बनाई जनताको घरदैलोमा सरकारको अनुभूति गराउदै स्थानीय सरकारले शिक्षा, स्वास्थ्य र साना पूर्वाधारमा कोरियाली सेमाउल शैलीमा काम गर्न सके विकासको गति तीव्र हुनेछ।
५.नीतिगत निरन्तरता:सरकार परिवर्तन भए पनि राष्ट्रिय गौरवका आयोजना र दीर्घकालीन विकास रणनीतिहरू परिवर्तन नहुने कानुनी सुनिश्चितता हुनुपर्छ।
६.राजनीतिक स्थायित्व: राजनीतिक दलहरूबीच सहमति कायम गरी सुशासनमा निरन्तरता सुनिश्चित गरी राजनीतिक स्थायित्व प्रवर्द्धन गरी दलहरूबीच राष्ट्रिय विकासका मुद्दामा न्यूनतम सहमति कायम गरी नीतिगत निरन्तरता सुनिश्चित गरिनु पर्छ ।


४. सम्भावना र चुनौतीहरूको व्यवस्थापन
विकसित राष्ट्र बन्ने दिशामा लाग्दा नेपालले केही सम्भावित समस्याहरूका लागि पनि तयार रहनुपर्छ:
१.आय असमानता र सहरीकरण: विकाससँगै बढ्ने धनी र गरिब बीचको खाडललाई सामाजिक सुरक्षा कार्यक्रममार्फत कम गर्नुपर्छ ।
२.वातावरणीय दिगोपन: औद्योगिकीकरणका नाममा हुने प्रदूषण रोक्न स्वीडेन जस्ता देशहरूको जस्तै पर्यावरण-मैत्री नीतिहरू अवलम्बन गर्नुपर्छ ।
३.मानसिक स्वास्थ्य र सांस्कृतिक संरक्षण: आधुनिकीकरणको दौडमा सांस्कृतिक पहिचान र नागरिकको मानसिक स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई सन्तुलनमा राख्नु पर्छ ।


५. मुख्य कुराहरु (की टेकअवेज):
नेपालको विकासमा दक्षिण कोरियाको सफल मोडलको अध्ययनबाट निम्न कुराहरु सुनिश्चित गराउनु आवश्यक छ।
१.सामूहिक इच्छाशक्ति र राष्ट्रिय संकल्प:विकास केवल सरकारी प्रयासले मात्र सम्भव छैन। दक्षिण कोरियाले जस्तै नेपालले पनि हामी आफैँले आफ्नो देश बनाउनु पर्छ भन्ने राष्ट्रिय संकल्प र नागरिकमा विकासप्रतिको तिर्खा जगाउन आवश्यक छ।
२.मोडलको मौलिक समायोजन:दक्षिण कोरियाको सफलतालाई हुबहु नक्कल गर्नुभन्दा पनि त्यसका मूल मन्त्रहरू (परिश्रम, आत्मनिर्भरता र सहयोग) लाई नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशमा ढालेर लागू गर्नु नै बुद्धिमानी हुनेछ।
३.प्राथमिकताका क्षेत्रहरूको स्पष्टता:नेपालले आफ्नो तुलनात्मक लाभका क्षेत्रहरू—जलविद्युत, कृषि आधुनिकीकरण, पर्यटन र सूचना प्रविधि—मा केन्द्रित भएर लगानी र नीतिहरू परिचालन गर्नुपर्छ।
४.सुशासन र उत्तरदायित्व:विकासका लागि छुट्याइएको प्रत्येक रुपैयाँको सही सदुपयोग सुनिश्चित गर्न र भ्रष्टाचारलाई जरैदेखि उखेल्न बलियो कानुनी र नैतिक आधार तयार गर्नुपर्छ। सरकारी सेवालाई पूर्णतः प्रविधिमैत्री र जनउत्तरदायी बनाउनु आजको प्रमुख आवश्यकता हो।
५.विश्वव्यापी सम्बन्ध र डायस्पोराको उपयोग:विदेशमा रहेका लाखौँ नेपालीहरूको सीप, पूँजी र ज्ञानलाई ब्रेन ड्रेन (ब्रेन ड्रेन) बाट ब्रेन गेन (ब्रेन गेन) मा बदल्दै देश विकासको मूलधारमा जोड्नुपर्छ।
६.भौगोलिक र राजनीतिक अवरोधको समाधान: नेपालको विकट भूगोललाई पूर्वाधार (सडक, सुरुङमार्ग, विमानस्थल) मार्फत जोड्नु र राजनीतिक दलहरूबीच विकासका न्यूनतम एजेन्डामा सहमति हुनु अनिवार्य छ।
७. मानव पूँजीमा लगानी: दक्षिण कोरियाले जस्तै प्राकृतिक स्रोतको अभावलाई दक्ष जनशक्ति (शिक्षा र प्रविधि) मार्फत पूर्ति गर्नुपर्छ।
८.आत्मनिर्भरता: रेमिट्यान्समा आधारित उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमूलक (कृषि आधुनिकीकरण र जलविद्युत) अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ।
९.सुशासन: भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा प्रविधिको प्रयोग (डिजिटल नेपाल) ले लगानीको वातावरण बनाउँछ।
१०.सांस्कृतिक र प्राकृतिक पुँजीको उपयोग: पर्यटनलाई केवल घुमफिरमा मात्र सीमित नगरी सफ्ट पावर र विदेशी मुद्रा आर्जनको बलियो स्रोत बनाउनुपर्छ।


६. निष्कर्ष
नेपालको विकास एक बहुआयामिक र दीर्घकालीन यात्रा हो । राजनीतिक स्थिरता, रणनीतिक पूर्वाधार विकास, र दक्षिण कोरिया जस्ता सफल राष्ट्रका अनुभवहरूलाई आफ्नो मौलिकतामा समायोजन गरेर मात्र नेपाल भविष्यमा समृद्ध र विकसित राष्ट्र बन्न सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजको एकीकृत प्रयास अपरिहार्य छ । दक्षिण कोरियाले जस्तै शून्यबाट उठेर शिखरमा पुग्नका लागि हामीसँग स्पष्ट भिजन, स्थिर नेतृत्व र अथक परिश्रमको खाँचो छ।


सन्दर्भहरु
१. नेपालको १५औँ र १६औँ पञ्चवर्षीय योजना
२. नयाँ सामुदायिक अभियान (सेमाउल उन्डोङ)पुस्तिका –नेपाल सेमाउल उन्डोङ सेन्टर,सन् २०१३
३. कम्पेरेटिभ स्टडी अफ इकोनोमिक डेभलपमेन्ट: नेपाल एन्ड साउथ कोरिया, एनआरबी इकोनोमिक रिभ्यु।
४. द सेमाउल उन्डोङ मुभमेन्ट इन द रिपब्लिक अफ कोरिया,एसियन डेभलपमेन्ट बैंक (एडीबी)।
५. द पार्क चुङ ही एरा: द ट्रान्सफर्मेशन अफ साउथ कोरिया – ब्युंग-कुक किम एन्ड एज्रा एफ. भोगेल।
६. ह्युमन क्यापिटल एन्ड इकोनोमिक ग्रोथ इन साउथ कोरिया: इम्प्लिकेशन्स फर डेभलपिङ कन्ट्रिज– वर्ल्ड बैंक पोलिसी रिसर्च वर्किङ पेपर्स।
७. कोइका रिपोर्ट्स अन नेपाल-कोरिया कोअपरेशन – कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी