२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको प्रभावकारिता र समन्वयमा सभामुख अर्यालको जोड

अ+ अ-

काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले स्थानीय तहहरूले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा सभामुख अर्यालले सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अनुभव र असल अभ्यासको आदान–प्रदान गर्न आग्रह गरेका हुन्। उनले सेवाग्राहीको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र काममा कुनै त्रुटि हुन नदिनुपर्ने कुरामा विशेष ध्यानाकर्षण गरेका छन्।

सभामुख अर्यालले संस्थागत वा व्यक्तिगत हितभन्दा सेवा प्रदान गर्ने कार्यमा जनताको सन्तुष्टि पहिलो प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्दै, स्थानीय तहले सरकारको कामलाई जनतासम्म पुर्‍याउने सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

स्थानीय तह सुदृढ बनाउन, बजेट व्यवस्थापन तथा अन्य विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको भन्दै सभामुखले त्यसमा आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।