काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सनसम्बन्धी प्रक्रियालाई डिजिटल माध्यममार्फत सहज बनाउन ई-पेन्सन प्रमाणीकरण प्रणालीको औपचारिक सुरुवात गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रकको कार्यालयद्वारा विकास गरिएको उक्त प्रणाली सार्वजनिक गरिएको हो।
यस प्रणाली लागू भएसँगै करिब साढे तीन लाख पेन्सनकर्ताले हरेक वर्ष झेल्दै आएको पेन्सन नवीकरण तथा बैंक छनोटसम्बन्धी जटिलता अन्त्य हुने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाले सेवाग्राहीको समय तथा श्रम बचत हुनुका साथै सरकारतर्फबाट बैंकलाई तिर्नुपर्ने कमिसन खर्च पनि न्यून हुँदै अन्ततः शून्यमा झर्ने विश्वास व्यक्त गरिएको छ।







