२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ: अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन गाउँतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भीटोफ) को अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले ग्रामीण पर्यटनले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले भने, “पर्यटनलाई राष्ट्रव्यापी विकासको माध्यम बनाउने हो भने गाउँ केन्द्रित रणनीति आवश्यक छ ।”

ग्रामीण पर्यटनको सम्भावना हुँदाहुँदै पूर्वाधार अभाव, दक्ष जनशक्तिको कमी, बजार पहुँच सीमितता र प्रभावकारी प्रचारको अभावका कारण अपेक्षित विकास हुन नसकेको जनाउँदै उनले सडक, विद्युत्, खानेपानी, इन्टरनेट, स्वास्थ्य र सुरक्षाजस्ता आधारभूत पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

पर्यटनमैत्री कानुनी संरचना निर्माण, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय र दीर्घकालीन नीति निर्माणको आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सभाको अध्यक्षको हैसियतले आवश्यक समन्वय र सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।