काठमाडौँ। इस्लामाबादमा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौतामा नपुगी सकिएको छ ।
इरानी राज्यसम्बद्ध तस्नीम समाचार एजेन्सीले अमेरिकी मागहरूका कारण “साझा ढाँचा र सम्झौता” बन्न नसकेको आरोप लगाएको छ।
तस्नीमका अनुसार, आइतबार इस्लामाबादबाट रिपोर्ट गर्दै एक संवाददाताले भने, “इरानी र अमेरिकी टोलीबीचको वार्ता केही मिनेटअघि समाप्त भएको छ, र अमेरिकी पक्षको अति हस्तक्षेप र महत्वाकांक्षाका कारण अहिलेसम्म दुवै पक्ष कुनै सम्झौतामा पुग्न सकेका छैनन्।”
वार्तामा कुनै पनि सहमति हुन नसकेको वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।
भान्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेस गरेको दाबी गरेका छन् ।
छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रस्तावले स्वीकृति पाउन नसकेको उनको भनाइ छ ।
दुवै पक्षले एक–अर्कालाई दोष लगाउँदै वार्ता असफल भएको पुष्टि गरेका छन्।







