२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप पौडेलले भने : ‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संगठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सदस्यता व्यवस्थापन प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले यस पहलमार्फत सदस्यहरूको क्षमता पहिचान गरी उपयुक्त जिम्मेवारी निर्धारण गर्न सहज हुने बताएका छन्।

केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग गरिएको कुराकानीमा उनले सदस्यताको डिजिटल अद्यावधिकबाट व्यक्तिको सदस्यता सुरु भएको मिति, योग्यता तथा कार्यक्षमतासम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सकिने उल्लेख गरे। यसले संगठनभित्र कार्यविभाजनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

सदस्यता नवीकरणका क्रममा पुराना अभिलेख हटाइने भन्ने आशंका असत्य रहेको स्पष्ट पार्दै पौडेलले ती अभिलेखलाई अझ सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य रहेको बताए। डिजिटल प्रणालीमार्फत सदस्यसम्बन्धी विवरण दीर्घकालीन रूपमा सुरक्षित रहने र आवश्यक समन्वयमा सहजता आउने उनको दाबी छ।

उनका अनुसार सदस्यहरूको सम्पर्क विवरण अद्यावधिक भएसँगै पार्टीभित्र विभिन्न तहबीच सूचना आदान–प्रदान र सहकार्य थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

पार्टीभित्रको एकता र अनुशासन सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पछिल्ला निर्वाचन परिणामपछि संगठनलाई सुदृढ बनाउने दिशामा सबै पक्षबीच समन्वय अपरिहार्य रहेको बताए। नेतृत्व तहले समावेशी ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिए।

आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र निष्पक्ष रूपमा सम्पन्न गर्ने लक्ष्यसहित वर्तमान नेतृत्व तयारीमा सक्रिय रहेको जनाउँदै उनले सदस्यता अद्यावधिक, कार्यतालिका कार्यान्वयन तथा अधिवेशन सफल पार्न सम्पूर्ण नेता–कार्यकर्तासँग सहकार्यको आह्वान गरेका छन्।

0 Comments