२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन् । 

 कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

सो अवसरमा मन्त्री चौधरीले अबदेखि दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्देश्यले पाँचतारे होटलमा कार्यक्रम नराख्ने बताइन् । उनले लक्षित सामुदायिक र क्षेत्रमा सो रकम लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडिबीको निरन्तर सहयोगको प्रशंसा गरिन् । 

हाल सञ्चालनमा रहेका उच्च मूल्यका कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरूका विषयमा छलफल भएको थियो । त्यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धि सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौती समाधान गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै बीउ विजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रूत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताइन् । सो अवसरमा एडिबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक रूपमा लिएको मन्त्री चौधरीले उल्लेख गरेकी थिइन् । 

छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो । यसैगरी, भू-जल पुनर्भरण (वर्षा वा सतहको पानी जमिनमुनि सोसिएर पुग्ने र भूमिगत जल भण्डारलाई पुनः भर्ने प्राकृतिक वा कृत्रिम प्रक्रिया), अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

0 Comments