२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँपमा मधुवा रोगको समस्याले किसान चिन्तित

अ+ अ-

राँझा (बाँके) । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको समस्या देखिएको छ ।

आँपमा फल लाग्ने मुख्य समयमा नै कीराको समस्या देखिएकोे जानकी गाउँपालिका–१ का उत्पादक किसान अब्दुल वाजिद साईले बताए ।

“फूल फुल्ने समयमै कीराको समस्या देखिएको छ”, उनले भने, “आँपको फूल कीराले चुसेर खाएकाले धेरै फल लाग्ने सम्भावना कम छ ।”

कृषि ज्ञान केन्द्र बाँकेले यस समस्याबाट जुध्न किसानलाई परामर्श र विषादी सिफारिस गर्दै आएको छ । कीराको समस्या देखिनुअघि नै सतर्कता अपनाउनु उत्तम उपाय भएको कार्यालयका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

“कीराको सङ्क्रमणबाट जोगिन आँपमा फूल लाग्नुभन्दा अगाडि नै आवश्यक विषादीको प्रयोग गर्नुपर्दछ । ढिलो गरी विषादी प्रयोग गर्दा फूलमा क्षति भइसकेको हुन्छ”, वरिष्ठ बागवानी विकास अधिकृत पाठकले भने, “कीराको समस्यालाई समयमै नियन्त्रण गर्न नसके जिल्लाको समग्र आँप उत्पादनमा ठूलो ह्रास आउने अवस्था देखिएको छ ।”

जिल्लामा गत वर्ष एक हजार १५ हेक्टर क्षेत्रफलमा नौ हजार ९१५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष मधुवा फड्केकीराको तीव्र सङ्क्रमणका कारण सोही परिमाणमा उत्पादन हुने सम्भावना निकै कम देखिएको सूचना अधिकारी पाठकको भनाइ छ ।

उनका अनुसार, मधुवा फड्केकीरा समूहमा उड्ने र निकै छिटो एक बगैँचाबाट अर्कोमा सर्ने गर्दछ । यसले आँपको फूल र कलिलो मुनाको रस चुस्छ, यसका कारण फूलहरू ओइलाउँछन् र फल नलाग्दै झर्छन् । कीराले एउटा चिप्लो पदार्थ पनि छोड्ने गर्छ, जसले गर्दा फूलमा कालो ढुसी लागेर झन क्षति पुर्‍याउँछ ।

कृषि ज्ञान केन्द्रले प्रभावित किसानहरूलाई तत्काल प्राविधिक सल्लाह लिन र सिफारिस गरिएका विषादीहरूको उचित मात्रामा प्रयोग गर्न आग्रह गरेको सूचना अधिकारी पाठकले बताए ।

0 Comments