काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक संरचना विस्तार गर्दै विभिन्न तहमा नयाँ सदस्यहरू मनोनयन गरेको छ।
पार्टीको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यससँगै संघीय नेतृत्व मञ्चमा पनि थप सदस्य समावेश गरिएको छ। उक्त मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई मनोनीत गरिएको छ।
त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मालाई सदस्यका रूपमा चयन गरिएको जनाइएको छ।
पार्टीले विभिन्न निकायमा नयाँ सदस्य समावेश गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्य लिएको बताइएको छ।







