काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सांसदका रूपमा कार्य गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।
अधिवक्ता आयुष बडालसहितको टोलीले दायर गरेको निवेदनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वतः निलम्बनको अवस्थामा पर्ने जिकिर गरिएको छ। सोही आधारमा उनलाई सांसदका रूपमा कामकाज गर्न नदिन आदेश जारी गर्नुपर्ने माग गरिएको छ।
उक्त निवेदन हालसम्म सर्वोच्च अदालत प्रशासनमा औपचारिक रूपमा दर्ता भइसकेको भने छैन।







